सोलुखुम्बुमा भारी हिमपात (फोटोफिचर)

सोलुखुम्बुमा भारी हिमपात (फोटोफिचर)

सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा भारी हिमपात भएको छ। हिमपातले यहाँको जनजीवन प्रभावित बनेको छ । मंगलबार रातीदेखि सुरु भएको हिमपातसँगै चिसो बढेपछि दैनिकी जीवन कष्टकर बनेको हो।

जिल्लाको सदरमुकाम आसपासका क्षेत्रहरू सल्लेरी, फाप्लु, पत्ताले, पिकेडाडा,रातनागी डाँडा, खोरिया, रोशि, तामाखानी, लोदिङ, बेनी, जुनबेसीलगायतका स्थानमा बुधबार बिहान करिब ४ बजेदेखि हिमपात हुन सुरु भएको हो । उच्च हिमाली क्षेत्रहरू लुक्ला नाम्चे, खुम्जुङसहितका क्षेत्रहरूमा मंगलबार रातीदेखि नै सुरु भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयले बताएका छन् ।

बाक्लो हिमपातका कारण उच्च हिमाली भेगका नागरिकहरु घर बाहिर समेत निस्कन नसकेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख भुमिराज उपाध्यायले जानकारी दिए। उनका अनुसार नाम्चे क्षेत्रमा १५ इन्च भन्दा बढी हिउँ जमेको छ । जसका कारण वस्तुभाउलाई घाँसको व्यवस्थापन गर्न समेत कठिन भएको खुम्बुका दावा शेर्पाले बताए।

हिमपात हुनु अघ सम्म भएको भारी वर्षाले चिसो अत्याधिक बढेकाले विशेषगरी बालबालिका र वृद्धवृद्धाहरु प्रभावित भएका छन्। हिमपातपछि सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा मोबाइल नेटवर्क र विद्युत सेवा पनि प्रभावित भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.