हिमपातपछि खुलेको सोलुखुम्बु (फोटो फिचर)

हिमपातपछि खुलेको सोलुखुम्बु (फोटो फिचर)

सोलुखुम्बु : गत शनिबारदेखि बिहीबारसम्म निरन्तर परेको हिमपातका कारण सोलुखुम्बु सेताम्मे बनेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा ३ फिटसम्म र सदरमुकामसहित पत्ताले क्षेत्रमा एकदेखि डेढ फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।

करिब ५/६ दिनको हिमपातपछि जिल्लामा आज (शुक्रबार) पहिलो पटक घाम लागेको छ । घाम लागेसँगै हिउँ टल्किएर वरिपरिका डाँडा पाखाहरु चाँदीझै टल्किएका छन् । हिमपातले केहि दिन घरभित्रै सिमित बनेका स्थानीयबासीहरु समेत घाम लागेपछि बाहिर निस्किएर रमाउन थालेका छन् । टलक्क टल्किएको हिउँले वरिपरिको वातावरण मनमोहक देखिएको छ।

अधिकांश कच्ची सडकहरु हिलाम्मे भएकाले अवरुद्ध छन् । सडक हिलाम्मे बनेसँगै सवारी साधनहरु निर्वादरुपमा चल्न सकेका छैनन् ।  त्यसैगरी पत्ताले क्षेत्रको सडकमा बाक्लो हिउँ जम्दा जिल्ला भित्रिने तथा बाहिरिने सावरी रोकिएका छन् ।

हिमपातले गर्दा केहि दिनदेखि रोजगार घर तथा कोठामा सिमित बनेका मजदुरहरु आजबाट काममा निस्किएका छन्। कृषकहरु हिमपातपछि बाली सप्रिने भन्दै खुसी भएका छन् । उनीहरु वस्तुभाउलाई घाँसपात गर्न र बारीको काममा बिहानैदेखि व्यस्त छन् । हिउँ परेपछि बन्द भएका विद्यालय खुलेसँगै विद्यार्थीहरु पनि आजदेखि विद्यालय जान थालेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.