पाल्पामा कांग्रेसको फरक दलसंग मेलमिलाप

पाल्पामा कांग्रेसको फरक दलसंग मेलमिलाप

तानसेन : नेपाली कांग्रेस पाल्पाले जिल्लामा प्रतिष्पर्धा गर्ने फरक दलहरुसंग मेलमिलाप गरेको छ । नेपाली कांग्रेस पाल्पाले औपचारीक कार्यक्रमगरी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, राष्ट्रिय प्रजातन्त्र पाटी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति लगायत राजनीतिक दलहरुसंग मेलमिलाप गरेको हो । पाल्पाका सबै पालिकाका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख, सरकारी तथा गैर सरकारी निकायका प्रमुखहरुबीच कांग्रेस पाल्पाले ४५औं मेलमिलाप दिवस मनाएको हो । 

५ महिना देखि वडासहित केन्द्रिय निर्वाचनमा होमिएको कांग्रेसले विपीले शुरुवात गरेको मेलमिलाप दिवसको अवसरमा फरक पार्टीबीच मात्र होईन आफ्नै पार्टी कार्यकर्ता बीचमा पनि मेलमिलाप गराएको छ । पार्टीका जिल्लाभरी कार्यकर्ताहरु अन्तरपार्टी निर्वाचनमा देखिएका तितापिरा, रिसराग, अन्तरसंर्घषलाई मेलमिलाप दिवसको अवसरमा मित्रतामा रुपान्तरण भएको नेपाली कांग्रेस पाल्पाले जनाएको छ । 

२०३३ साल विपी कोईरालाले पुष १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्किएका थिए । नेपालको अस्तित्व कायम राख्न राष्ट्रवादी शक्ती र प्रजातान्त्रिक शक्ती मिलेर जानुपर्ने अभियान लिएर बिपी कोईराला स्वदेश फर्किएका थिए । बिपीको मेलमिलाप नीति अनुसार नै २०४६ सालमा राजासहित बहुदलीय प्रजातान्त्रिक ब्यवस्था घोषणा गरिएको नेपाली कांग्रेसका नवनिर्वाचित जिल्ला सभापती हिमालदत्त श्रेष्ठले बताए । केन्द्र, प्रदेशमा सहमती, सहकार्य, एकता, मेलमिलापका साथ सरकार संचालन भएको छ, जिल्लाका विकास, निर्माण, महत्वपूर्ण निर्यण तथा पक्रियामा सबै राजनीतिक दल मिलेर सहकार्य गरी जानुपर्ने अवस्था रहेकोले विपीको मेलमिलाप नीति अहिले पनि सान्र्दभिक रहेको पार्टी सभापती श्रेष्ठले बताए । 

चुनावी प्रतिष्पर्धा एउटा लोकतान्त्रिक शासन गर्ने विधी भएपनि अन्य समयमा सबै राजनितिक दल, संघसंस्था मिलेर काम गर्ने पक्रियामा नेपाली का्रग्रेस सधै अग्रस्थानमा रहने सभापती श्रेष्ठले अन्य राजनीतिक दलसंग प्रतिवद्धता जनाए । मेलमिलाप दिवसमा सयौं पार्टीका कार्यकर्ताहरु एक आपसमा शुभकामना आदान प्रदान गर्न पार्टी कार्यालयमा भेला भएका थिए । कार्यक्रममा नेतृत्व चयनमा  विजेता तथा उपविजेता नेता कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.