दाङमा खुमबहादुर खड्का स्मृति राष्ट्रिय टेबलटेनिस प्रतियोगिता सुरु

दाङमा खुमबहादुर खड्का स्मृति राष्ट्रिय टेबलटेनिस प्रतियोगिता सुरु

दाङ : दाङमा शुक्रबारदेखि राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगितामा सुरू भएको छ । २५ जिल्ला र ३ विभागीय टिम सहभागि भएको प्रतियोगितामा एक सय २० जना खेलाडी सहभागि भएका छन् । दाङसहित देशभरका जिल्ला र क्षेत्रको २८ टिमको सहभागिता रहेको प्रतियोगिता दाङको तुलसीपुर सुरू भएको हो । 

नेपाली कांग्रेसका नेता पूर्व मन्त्री स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा युथ्स अफ तुलसीपुरको आयोजनामा राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगिताको सञ्चालन भएको छ । मेलमिलाप नीतिको अवसर पारेर खडकाको स्मृतिमा प्रतियोगिताको शुभारम्भ गरिएको क्लबका  अरुण लहरेले जानकारी दिए ।

प्रतियोगिताको लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले उद्घाटन गरेका हुन् । मन्त्री हमालले खेलकुदले आपसी मेलमिलापको सन्देश दिने बताए । हमालले कोरोना महामारीका कारण थला परेको अवस्थामा खेलकुद क्षेत्रलाई युथ क्लबले राष्ट्रियस्तरको प्रतियोगिता संचालन गर्दा खेलाडी र खेलप्रेमीलाई उत्साह थपेको बताए । मन्त्री हमालले खेलकुदको विकास र प्रवद्र्धनमा स्वर्गिय नेता खुमबहादुर खड्काको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । उनले खेलकुदले मेलमिलापको सन्देश दिने बताउँदै टेबलटेनिस प्रतियोगितालले स्वर्गीय नेतालाई स्मरण गराएको पनि बताए । 

 
टेबलटेनिसका केन्द्रीय उपाध्यक्ष विजेन्द्र हमालले खेलकुदमा राज्यको लगानी पर्याप्त नभएको बताए । उनले कारोनाले खेल गतिविधि कम हुँदै गएको अवस्थामा अहिलेको प्रतियोगिताले खेलाडीमा उत्साह थप्ने काम भएको बताए । खेलाडीहरुले समेत धेरै पछि राष्ट्रियस्तरको खेल प्रतियोगिता भएकोमा खुसी व्यक्त गरेका छन । उनीहरुले खेलकुदको विकासका लागि राज्यले नै बढी महत्व दिनुपर्ने बताए । निजी क्षेत्रबाट भएको प्रयासले खेल प्रेम बढीहरको भएपनि उत्साह थप्न राज्यको लगानी बढनु पर्ने बताए । 

कार्यक्रममा नेपाली कांगे्रसका महाधिवेशन प्रतिनिधि शम्भु शाह, कांग्रेस नेता महादेव शाह, छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसी, नेपाल तरूण दल दाङका अध्यक्ष टिका राम घर्तीले टेबलटेनिस प्रतियोगिताले खेलाडीलाई उत्साह थपेको मात्र नभई स्वर्गिय नेता खड्काको योगदानलाई स्मरण गराएको बताए । युथ्स अफ तुलसीपुरका अध्यक्ष बसन्त गिरीको अध्यक्षमा भएको प्रतियोगिता १८ गते सम्म सञ्चालन हुने छ । युथ्स अफ तुलसीपुरका सल्लाहकार अरुण लहरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण किरण केसीले गरेका थिए । 
 
प्रतियोगितामा २५ जिल्ला र ३ विभागीय टिमको सहभागिता रहेको छ । पुरस्कारको राशी ३ लाख ८० हजार रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा मेन्स टीम र वुमेन्स टिमको प्रथम पुरस्कार ३०/३० हजार, द्धितिय पुरस्कार १५/१५ हजार , तृतीय पुरस्कार नगद ५/५ हजार र सान्तोना पनि ५/५ हजार प्राप्त गर्ने छन् ।

यस्तै मेन्स र वुमेन्स सिंगलतर्फ नगद ४०/४० हजार , द्वितिय पुरस्कार २०/२० हजार, तृतीय र सान्तोना पुरस्कार ५/५ हजार रहेको आयोजकले जनाएको छ । यस्तै मेन्स र वुमेन्सको जुनियरतर्फ प्रथम पुरस्कार ३०/३० हजार, द्वितीय पुरस्कार १५/१५ हजार र तृतीय र सान्तोना नगद ५/५ हजार पुरस्कार राशी रहेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.