प्रहरीको बेवास्ताले न्याय नपाएको आरोप, दलित परिवारलाई उपचार खर्च तिर्न समस्या

प्रहरीको बेवास्ताले न्याय नपाएको आरोप, दलित परिवारलाई उपचार खर्च तिर्न समस्या

विराटनगर : मोरङको कानीपोखरी-५का एक दलित परिवारलाई उपचार खर्च तिर्न समस्या भएको छ । स्थानीय चार जना मिलेर गरेको सांघातीक हमलाबाट गम्भिर घाइते भएकी कानीपोखरी-५ की डुकादेवी दर्जी तमाङको उपचार खर्चतीर्न समस्या भएको हो  ।  

प्रहरीले समयमा न्यायको लागि आवश्यक पहल नगर्दा उपचार खर्चतिर्न समस्या भएको बुवा अर्कबहादुर तमाङले जानकारी दिए । आफूले दिएको जाहेरीको अधारमा प्रहरी तत्काल अग्रसरता देखाएको भए छोरी तीन महिनाको गर्भ जोगिनुको साथै मानसिक सन्तुलन गुम्ने थिएन्, उनले भने–‘प्रहरीको बेवास्ताले अहिले उपचार खर्च तिर्न समस्या भएको छ । ‘

गएको वैशाख ३१ गते स्थानीय निरमाया मगर, पुष्पा मगर, बविता मगर, बिन्दामाया मगरबीच समान्य विवाद भएपछि सांघातिक हमला गरेको थियो  । घरेलु हातहतियारसहित हात र खुट्टाले गरेको कुटपीटले २५ वर्षीय डुकाको ३ महिनाको गर्भ तुहिनुकोसाथै मानसिक रोगको नै शिकार बनेका थिए । निर्धात कुटपीट पछि ईलाका प्रहरी कार्यालय कार्यालय पथरमाी दिएको ज्यानमार्ने तथा कुटपीट मुद्दाको जाहेरी प्रहरीले नलिएको डुकाका बुवा हर्क बहादुर दर्जीले बताए । दर्जीका अनुसार न्यायको लागि प्रहरीमा जाँदा जाहेरी लिएन् उनले भने–‘स्थानीय मेहिकलहरुबाट उपचार गर्दागर्दे छोरीको मानसिक सन्तुलन नै बिग्रीयो  । 

कुटपीट भएको तीन महिनापछि धरानस्थिती वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न लग्दा छोरीको अचेत अवस्थामा उपचार गर्नुपरेको उनले बताए । उपचार गर्दा त्यँहाका औषधी फार्मेसीको मात्रै ४ लाख २७ हजार ४सय ६७ रुपैयासहित ५ लाख ६५ हजार ९सय १३ रुपैया तीर्न बाँकी रहेको उनले सुनाए ।

आफूले प्रहरीमा दिएको जाहेरी दर्ता नगरी प्रहरी जबरजस्ती जातीय भेदभावका मुद्दा चलाएको उनको उनले बताए  । जुन अहिले अदालतमा चल्दै गरेको छ । मुद्दा पनि प्रहरी ढिलो चलाएर आफूलाई न्याय दिनुको साटो मार्ने काम प्रहरीले गरेको उनले आरोप लगाए । मुद्दा अदालतमा चल्दै गरेका बेला छोरी उपचारमा लागेको खर्च तिर्न समस्या भएको उनले बताए । स्थानीय खोलामा गीटी कुटेर परिवारको जीविकोपार्जन गर्दै आएका आफूहरुलाइ क्रृण तीर्न समस्या भएको उनको भनाइ रहेको छ । दर्जीको उपचारको क्रृण तीर्न विदेशबाट केही सहयोगीहरु करिब ५० हजार पठाइदिएका छन्  । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.