लागुऔषधसहित महोत्तरीमा ४ जना पक्राउ

लागुऔषधसहित महोत्तरीमा ४ जना पक्राउ

महोत्तरी : भारतीय बजारबाट लागुऔषधसहित नेपालतर्फ आईरहेको समयमा महोत्तरी प्रहरीले चारजनालाई पक्राउगरी सार्वजानिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीले लागुऔषध कारोबारको आरोपमा शनिवार उनीहरुलाई सार्वजानिक गरिएको हो । प्रहरीले रामगोपालपुर नगरपालिका-४ का २७ वर्षिय सत्रुध्न मुखिया, सर्लाही लालबन्दी नगरपालिका-४ का १७ वर्षिय विरेन्द्र मखिया, सोहीस्थानका १८ वर्षिय सुरेश मुखिया र गाडी चालक सर्लाही वरहथवा नगरपालिका ७ का १८ वर्षिय सुमन श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार गएराति उनीहरु चारैजना लागुऔषधसहित नेपालतर्फ आईरहेको समयमा प्रहरीले औरही नगरपालिका ४ कठुधारबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीले चेकजाँचको क्रममा ना ८ प. ३१६८ नं.मोटरसाइकलमा सवार शत्रुधन र विरेन्द्र मुखियासँग नाईट्रोभेट ३० ट्यावलेट, स्पास्मोप्रोक्सीभ्यान ८ टेवलेट र डाईलेक्स डि.सी. २ बोतल, सुरेशसँग नाईट्रोभेट ४५ ट्यावलेट, र डाईलेक्स डि.सी २ बोतल बरामद गरेका हुन । 

त्यस्तै प्रदेश २-०-००१ ह १३७५ को अटोमा सवार सुमन श्रेष्ठसँग नाईट्रोभेट ३०० ट्यावलेट वरामद भएको हो । श्रेष्ठले आफनो दुबै हातको पाखुराभन्दा तल टेपले बाँधी भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा शहरबाट ल्याउने कार्यमा संंलग्न रहेको प्रहरीसमक्ष वयान दिएका हुन् ।

लागुऔषधसहित पक्राउ परेका चारैजना जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखि थप अनुसन्धान भईरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.