बागमतीमा गठबन्धनबाट पौडेल र तिमल्सिनाको उम्मेदवारी दर्ता

बागमतीमा गठबन्धनबाट पौडेल र तिमल्सिनाको उम्मेदवारी दर्ता

हेटौंडा : राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा गठबन्धनबाट दुईजनाले उम्मेदवारी दिएका छन् । कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

हेटौंडा ४ स्थित प्रदेश निर्वाचन कार्यालयमा उनीहरू उम्मेदवारी दिन १२:३० बजे नेता कार्यकतासहित पुगेका थिए । काठमाडौं निवासी पौडेल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव हुन् ।

हेटौंडाकी तिमल्सिना नेकपा एकीकृत समाजवादका केन्द्रीय सदस्य हुन् । आगामी माघ १२ गते बागमती प्रदेशमा दुई सिटका लागि निर्वाचन हुँदैछ । बागमतीबाट कांग्रेसका राधेश्याम अधिकारी र एकीकृत समाजवादीकी उदय शर्मा पौडेलको कार्यकाल सकिँदैछ ।

गठबन्धनले उनीहरुको ठाउँमा पौडेल र तिमल्सिनालाई अगाडि सारेको हो। नेकपा एमालेले गोपाल शाक्य र निरकुमारी कुवर दर्लामीलाई उम्मेदवार बनाएको छ । उनीहरूले उम्मेदवारी दर्ता गर्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.