रानीजस्तै प्रेमको प्रतीक 'रानीमहल', अब रातिमा पनि हेर्न मिल्ने

रानीजस्तै प्रेमको प्रतीक 'रानीमहल', अब रातिमा पनि हेर्न मिल्ने

तानसेन :  प्रेमको प्रतीक रानीमहल दरबार अब रातिको समयमा पनि हेर्न मिल्ने भएको छ । तानसेन नगरपालिकाले रानीमहलमा २४सै घण्टा पर्यटकीय गतिविधी बढाउन रातिमा हेर्ने मिल्ने गरी विशेष लाईट तथा अन्य पूर्वाधारको व्यवस्था गरेको छ । पूर्ण सरसफाई गरी दरबार भित्र र बाहिर बँगैचा, परिसर दरबार वरीपरी नै विशेष किसिमका लाईटहरु जडान गरी रानीमहल लाई रातिमासमेत हेर्न मिल्ने गरी रानीमहल दरबारलाई दुलही झै सिंगारिएको छ । दरबार भित्रका सबै कोठाहरु, बाहिर टाढा-टाढाबाट समेत हेर्न मिल्ने गरी लाईटिङ गरिएको छ । दरबार अगाडि फरक-फरक रङका बत्तीहरु जडान गरी पानीको फोहोरासहितका पोखरीहरु संचालन गरिएको छ । 

रानीमहल अहिले रानी जस्तै सुन्दर भएको छ । तीन महिनाको अवधीमा रानीमहल दरवारलाई रानी जस्तै बनाईएको हो । अहिले रानीमहलको स्वरुप फेरिएको छ । रानीमहल दरबारलाई सफा सुन्दर चिटिक्क पारेर दरबारमा आउने पाहुनाहरुलाई तानसेन नगरपालिका स्वागतमा जुटेको छ ।

अहिले रानीमहलमा पुग्ने पाहुनाहरुलाई तानसेन नगरपालिकाले स्वच्छ रुपमा युरो गार्डको स्वच्छ सफा फिल्टर पिउने पानी, पर्यटकको लागि महिला पुरुषहरुको फरक- फरक शौचालय, निःशुल्क वाईफाईको व्यवस्था गरिएको छ ।

कोभिड-१९ को कारण कुरुप अवस्था बनेको, वन जंगल झाडी तथा फोहोरले भरिएको रानीमहल दरवार ३ महिनाको अवधीमा सुन्दर रानी जस्तै बनाईएको हो । दरवारको सबै स्थानमा पूर्ण रुपमा सरसफाई गरी चिटिक्क पारिएको छ । अहिले रानीमहलमा दैनिक रुपमा सरसफाई तथा फूल बगैचा व्यबस्थापनको लागि मालीहरु खटाईएका छन ।  

कोभिडको प्रभाव न्युनिकणसंगै पर्यटन व्यवसाय खुलाभएपछी  तानसेन नगरपालिकाले प्रेमको प्रतिक रानीमहल दरवारलाई चिटिक्क पारी पर्यटनमैत्री बनाउन ३ महिने विशेष अभियान संचालन गरेको हो । 

रानीमहल दरवार भित्र फोहोरै फोहोरले भरिएको थियो, पर्यटकको लागि शौचालय तथा खानेपानेको कुनै व्यवस्था थिएन । दरबार भित्रका रानी बस्ने कोठाहरु भताभुङ्ग थिए । तर ३ महिनाको अवधीमा रानीमहल दरबारमा नसोचेको परिवर्तन भएको स्थानीय श्रीधर गैरेले बताए । अहिले रानीमहल हेर्न दैनिक ५ सय देखि १५ सय सम्म पर्यटकहरु पुग्ने गरेका छन । 
सर्वसाधारणको लागि रातिमा रानीमहल हेर्ने सुविधा प्रदान गर्ने तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले बताए । पुरातत्व विभागले १० वर्षको लागि रानीमहल दरबारको रेखदेख तथा संरक्षणको जिम्मा तानसेन नगरपालिकालाई दिएको छ । 

नेपालकै प्रमुख पर्यटकीय गन्तव्य रानीमहल दरबारलाई सुन्दर आर्कषक र पर्यटनमैत्री बनाउन तानसेन नगरपालिका आवश्यक पर्यटक पूर्वाधारहरुको निर्माण गरी पर्यटकीय गतिविधी बढाउन नगरपालिकाले ३ महिने विशेष अभियान संचालन गरी रात दिन काममा खटिएर स्वरुप नै बदलिएको  रातिमा समेत पर्यटहरुको लागि अवलोकन गर्न मिल्ने गरी व्यवस्था गरिएको  नगर प्रमुख शाहीले बताए । 

 रानीमहल पुग्ने पर्यटकहरुले अबका दिनमा दरबारभित्र राणा खड्ग शमशेर र रानी तेज कुमारी बस्ने कोठा, राणा खड्ग शमशेरको भारद्धाजसहित बैठक बस्ने कोठा, दरबार भित्र प्रयोग भएका एक सय वर्ष पुराना पुरातात्विक महत्वका सरसमानहरु खोजबिन गरी संग्रहालय हेर्न पाउने गरी व्यवस्था गरिएको तानसेन नगरपालिकाले जनाएको छ । 

प्रेमको प्रतिक रानीमहल दरबार राणा खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा विस १९५४मा निर्माण गरेका थिए । उत्तरवाहिनी भएको कालीगण्डकीको किनाराको ढुङ्गामाथि रानीमहल दरवारको निर्माण गरिएको छ । कालीगण्डकीको उत्तरवाहिनी क्षेत्रमा निर्माण गरिएको रानीमहल क्षेत्र धार्मिक हिसाबले पवित्र मानिन्छ । 

२४ रोपनी क्षेत्रफेलमा फैलिएको रानीमहल दरबार परिसर भित्रै राजदरबारमा हुनै सबैकिसिमिका संरचनाहरु निर्माण गरिएका छन् । तानसेनबाट रानीमहल सम्म पुग्ने १३ किलोमिटर सडक लुम्बिनी प्रदेश सरकारले स्तरोन्नती गरी पिचको काम गर्दै आएको छ । अहिले तानसेनबाट सवारी साधनमा आधा घण्टामा रानीमहल दरबार पुग्न सकिन्छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.