एमाले म्याग्दीको अध्यक्षमा कटुवाल

एमाले म्याग्दीको अध्यक्षमा कटुवाल

बेनी : नेकपा एमाले म्याग्दीको आइतबार बेनीमा सम्पन्न नवाैं जिल्ला अधिबेशनबाट देबेन्द्रबहादुर कटुवालको अध्यक्षतामा सर्वसम्मत जिल्ला कमिटी चयन गरिएको छ । 

उपाध्यक्षमा बालकृष्ण सुबेदी, सचिवमा सुरत केसी, उपसचिवमा थमसरा पुन र राजकुमार थापा चयन भएको एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज भूपेन्द्रबहादुर थापाले जानकारी दिए ।  

अध्यक्ष कटुवाल र उपाध्यक्ष सुबेदी आठौ अधिबेशनबाट चयन भएको जिल्ला कमिटीको उपाध्यक्ष र सचिव थिए । सचिव केसी, उपसचिव पुन र थापाद्धय यसअघिको कार्यकालको जिल्ला कमिटीको सचिवालय सदस्य थिए ।   

जिल्ला समन्वय समितिका प्रमुख रहेका केसी बिस. २०५४ को स्थानीय चुनावमा तत्कालीन भगवति गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । स्थायी शिक्षकको जागिर छाडेर राजनीतिमा लाग्नुभएका केसी रघुगंगा गाउँपालिका–२ भगवतिका हुन् । 

शिक्षण पेशाबाट राजनीतिमा आएका रघुगंगा गाउँपालिका–३ का सचिब सुबेदीले शिक्षक, युवा संगठन हुदै पार्टी राजनीतिमा आएका थिए । धवलागिरी गाउँपालिकाको जननिर्वाचित अध्यक्ष पुन अनेमसंघ क्रान्तिकारीको केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष हुन् । 

‘साधारण सदस्य संख्याको आधारमा कलस्टर बाँडेर पालिका कमिटीलाई जिल्ला कमिटीका सदस्य चयन गर्ने जिम्मेवारी दिएका थियौ,’ इञ्चार्ज थापाले भने ‘पालिका कमिटीको सिफारिसको आधारमा जिल्ला सदस्यहरु पनि सर्वसम्मत चयन भएको छ ।’ 

शुक्रबारदेखि सुरु भएको अधिवेशनमा अध्यक्षमा केसी र सुबेदीले दाबी गरेका थिए । स्थायी कमिटी सदस्य थममाया थापाको नेतृत्वमा रहेको ९ सदस्यीय अध्यक्ष मण्डलले पदाधीकारीका आकाक्षीहरुबीच सहमति जुटाएको हो । 

भेग र क्षेत्रीय प्रतिनिधित्वको सन्तुलन मिलाउन पालिकालाई सदस्य छान्ने अधिकार दिएको निवर्तमान अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए । शनिबार भएको बन्दसत्रमा जिल्ला अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको सांगठनिक र राजनीति तथा आर्थिक विभाग प्रमुख प्रमोद श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको थियो । 

विभिन्न आठ वटा समूह बनाएर छलफल गरि सुझाव पेश गरेका थिए । समूहगत छलफलका टोली नेताहरुले सहमतिमा नेतृत्व चयन गर्न र आगामी चुनाव जित्ने गरी तयारी थाल्न नेतृत्वलाई सुझाव दिएका थिए ।  जिल्ला समन्वय समितिको सभाहलमा भएको अधिवेशनमा ५१० जना प्रतिनिधी सहभागी थिए । ९० सदस्यीय जिल्ला कमिटीमा २८ जना महिला चुनिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.