२०औं संस्करणको आहा ! रारा गोल्डकप माघ ६ देखि

२०औं संस्करणको आहा ! रारा गोल्डकप माघ ६ देखि

पोखरा : २०औं संस्करणको आहा ! रारा गोल्डकप माघ ६ गते देखि १५ गते सम्म पोखरा रंगशालामा हुने भएको छ । आयोजक सहारा क्लब पोखराले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी गोल्डकपको तयारीमा जुटेको बताएको हो । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबहरुको सहभागीता रहने प्रतियोगितामा १० टिमको सहभागीता रहने आयोजक सहरा क्लबका अध्यक्ष हरिराम गुरुङ(सुरज)ले जानकारी दिए । प्रतियोगितामा संकटा क्लब, विभागीय टिम नेपाल पुलिस फुटबल क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, रुस्लान थ्रिस्टार क्लब, मनाङ मस्याङ्दी क्लब, हिमालयन शेर्पा क्लब, विवाइएएससी मिनेसोटा अमेरिका, हिमालयन शेर्पा क्लब र आयोजक सहारा क्लबकोे सहभागीता रहने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताए । 

गत वर्ष भएको १९ औं संस्करणको प्रतियोगितामा संकटा क्लब विजेता र अफ्रिकन रुट एसोसिएसन डाउल्ला क्यामरुन उपविजेता भएको थियो । 

आयोजक सहाराले प्रतियोगिता सञ्चालन गर्न १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ लाग्ने अनुमान गरेको छ । प्रतियोगिताबाट आम्दानी १ करोड ३६ लाख १ हजार रुपैयाँ हुने अनुमान गरेको पनि आयोजक सहाराले बताएको छ । 

२०५५ सालमा पोखरामा स्थापना भएको सहारा क्लबले सञ्चालन गर्दै आएको गोल्डकपको पहिलो संस्करण देखि नै मुख्य प्रायोजकको रुपमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ रहेको छ । 

सहारा क्लबले क्याराभान गोल्ड कप सहित २१ वर्ष देखि निरन्तर फुटबल प्रतियोगिता गर्दै आएको छ । क्लबले प्रतियोगिताबाट बचत हुन आएको रकम क्लबद्धारा सञ्चालित सूर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गर्दै आएको छ । एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रीत रहेको सहारा क्लबका वरिष्ठ उपाध्यक्ष केशवराज बरालले बताए । 

स्वास्थ्य मापदण्ड पूरा गरि प्रतियोगिता

आयोजक सहारा क्लब पोखराले कोरोना संक्रमणलाई ध्यानमा राखेर २० औं संस्करणको आहा ! रारा गोल्डकप स्वास्थ्य मापदण्ड पूरा गरेर गरिने बताएको छ । पोखरामा १६ हजार ५ सय क्षमताको फुटबल स्टेडियम रहेकोले स्वास्थ्य मापदण्ड पूरा गरेर प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष गुरुङले बताए । 

गृहमन्त्रालयले पछिल्लो समयमा कोरोना संक्रमण बढेपछि सोमबार मेला महोत्सव नलगाउन र २५ जना भन्दा बढी भेला हुन नपाइने व्यवस्था कार्यान्वयनकालागि निर्देशन दिएको छ । सरकारले प्रतियोगिता सञ्चालन गर्न अनुमति दिएमा स्वास्थ्य मापदण्ड पुरा गरेर प्रतियोगिता सञ्चालन गर्ने आयोजक सहारा क्लबका अध्यक्ष गुरुङले बताए । 

१९ औं संस्करणको गोल्डकपबाट १३ लाख बचत

प्रतियोगिता सञ्चालन गरेर बचत भएको रकमले फुटबल एकेडेमी सञ्चालन गर्दै आएको सहारा क्लबले १९ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताबाट १३ लाख ४९ हजार ४ सय ४७ रुपैयाँ ३४ पैसा बचत गरेको जनाएको छ । प्रतियोगिताबाट आम्दानी ७६ लाख ५० हजार ५ सय ४७ रुपैयाँ ५७ पैसा र खर्च ६३ लाख १ हजार १ सय ९९ रुपैयाँ २३ पैसा भएको आयोजकले बताएका छन् । 


                 

             


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.