अतिरिक्त शुल्कविरुद्ध नोबेल परिसरमा टायर बालेर विद्यार्थीको प्रदर्शन

अतिरिक्त शुल्कविरुद्ध नोबेल परिसरमा टायर बालेर विद्यार्थीको प्रदर्शन

विराटनगर : विराटनगरस्थित नोबेल मेडिकल कलेजमा अतिरिक्त शुल्कविरुद्ध आन्दोलनरत विद्यार्थीहरूले टायर बालेर प्रर्दशन गरेका छन् । विभिन्न विद्यार्थी संगठनले नोबेल मेडिकल कलेज अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् ।  

अतिरिक्त शुल्क नबुझाएका एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा विद्यार्थीहरुले आन्दोलन गर्दै आएका छन् । विद्यार्थीहरु टायर बालेर प्रदर्शन गर्दै रिले अनसन बसेका हुन् ।

मेडिकल कलेजका संचालक शुनिल शर्माले अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीलाई भर्ना नगर्न र पठनपाठन नगर्न निर्देशन दिएपछि विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन् । विद्यार्थीले नोबेल प्रशासनविरुद्ध नाराबाजी गर्दै धर्नामा बसेका छन् । उनीहरूले मेडिकल शिक्षामा देखिएको माफियाकरण अन्त्य गर्न सरकारसँग माग गरेका छन् । चिकित्सा शिक्षा आयोगले तोकेको एमबीबीएसतर्फको शुल्कभन्दा नोबेलले २० लाखसम्म असुल गर्न खोजेको विरोधमा दुई सातायता विद्यार्थीहरू आन्दोलनमा छन् ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठन अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन मोरङ र चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियानको सहयोगमा आन्दोलनरत विद्यार्थीले आइतबारदेखि कलेजमा रिले अनसन बस्दै आएका हुन् ।

रिले अनसन बस्ने क्रममा आइतबार सुरक्षा गार्डको लाठ्ठी प्रहारबाट नेकपा (एकिकृत समाजवादी) का भातृ संगठन अनेरास्ववियुका सचिव किसन भगतको टाउको फुटेर घाइते भएका थिए । पीडित विद्यार्थीले ५ विद्यार्थी संगठनको सहयोगमा कलेज प्रशासनमा पुस २१ गते नै तालाबन्दी गर्दा समेत समस्या समाधान भएको छैन ।  

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मोरङलाई मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको र अतिरिक्त शुल्कको बहानामा विद्यार्थीको पठनपाठन रोकिएको भए कानुनी कारबाही गर्न पत्राचार गरेको बताइएको छ ।  

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले विद्यार्थीलाई कलेजले अतिरिक्त शुल्क मागेको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिन आग्रह गरेका छन् । तर‚ एमबीबीएस अध्ययनका क्रममा कलेजले आन्तरिक मूल्यांकन गरेर परीक्षामा अंक दिने भएकाले कलेजविरुद्ध उजुरी दिन नसकेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाएको भन्दै पुस १४ गतेदेखि पठनपाठनमा रोक लगाएको छ । कलेजमा रहेका एक सय विद्यार्थीको कोटामा भर्ना भएका ९६ विद्यार्थीमध्ये नौजना भारतीय, १० जना छात्रवृत्तिका र पाँचजना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई पढाइरहेको छ । तर आफूहरूलाई अतिरिक्त शुल्क नबुझाएको भन्दै कलेज प्रवेशमा नै रोक लगाएकाले पीडित विद्यार्थीहरुले आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् ।

कलेजले आयोगले तोकेभन्दा विपरित चार लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीदेखि जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाए थिए  ।  चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन् ।

तर, कलेज सञ्चालक सुनिल शर्मा अतिरिक्त २० लाख शुल्क बुझाउने सम्झौता पत्रमा हस्ताक्षर गराएपछि मात्रै पठनपाठन सुरु गर्ने अडानमा छन् ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.