२५ जनाभन्दा बढी भेेला नहुन स्याङ्जा प्रशासनको आग्रह

२५ जनाभन्दा बढी भेेला नहुन स्याङ्जा प्रशासनको आग्रह

स्याङ्जा : स्याङ्जा प्रशासनले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी सहभागी नहुन र स्वास्थ्य सुरक्षाका मापदण्डको प्रयोग अनिवार्य गर्न सुझाएको छ। ओमिक्रोन भाइरस संक्रमण बढेसँगै जिल्ला कोभिड ब्यवस्थापन समितिको मंगलबार साँझ बसेको बैठकले गरेको निर्णयका बारेमा जानकारी गराउँदै स्याङ्जामा स्वास्थ्य सर्तकता अपनाउन सुझाव दिइएको हो। 

जिल्ला स्थित सरोकारवालाको बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी सहभागी नहुन, मेला तथा महोत्सव आयोजना नगर्न, भौतिक दुरी कायम गर्ने र सुरक्षाका मापदण्ड मास्क र सेनीटाइजरको प्रयोगलाई अनिवार्य गराउने निर्णय गरेको छ।

यसै गरी माघ ७ गतेदेखि विभिन्न होटल, रेष्टुरेन्ट तथा पार्कमा जाँदा खोप लगाएको कार्ड अनिवार्य साथमा लिएर हिंड्नुपर्ने, सबै सेवा प्रदायक निकायले जनस्वास्थ्यका मापदण्ड पूरा गरी सेवा प्रवाह गर्नुपर्ने, विगतमा सञ्चालित आइसोलेसन सेन्टरलाई तयारी अवस्थामा राख्ने, कोभिड रोकथामका लागि परीक्षणका दायरा बढाउने, नियमित खोप सञ्चान गर्न आग्रह छ। 

कोभिड संक्रमित देखिएमा स्मार्ट लकडाउनका लागि प्रशासन कार्यालय अथवा जिल्ला कोभिड ब्यवस्थापन समितिमा शिफारिस गर्ने, पालिका र अस्पताल लगायतमा अक्सिजन प्लान्ट र सिलिण्डरलाई तयारी अवस्था राख्ने र आर्थिक तथा अन्य बजेट ब्यवस्थापनका लागि सम्बन्धित निकायसँग सहयोगको माग गर्ने लगायतका निर्णय भएको कोभिड ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए। 

साथै, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माको संयोजकत्वमा ७ सदस्यीय कोभिड संक्रमणको अवस्थाको आंकलन तथा सूचना संकलन तथा विश्लेषण समिति पनि गठन भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.