कोरोनाकै समयका पोखरामा थपियो एड्भेन्चर्स खेल

कोरोनाकै समयका पोखरामा थपियो एड्भेन्चर्स खेल

पोखरा : कोरोनाले पर्यटन उद्योग थला परिरहेको समयमा पर्यटनमै भविश्य उज्वल देखेर यसै क्षेत्रमा लगानी पनि बढिरहेको छ। पोखरा सहासिक खेलको राजधानीको रुपमा परिचित छ। दश वर्षअघि हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिले पोखरामा जिपलाइनबाट सुरु गरेर प्याराग्लाइडिङ पछि अर्को सहासिक खेल भित्रयाएको थियो।

सन् २०१२ मा बनाइएको यहाँको जिपलाइन विश्वकै भिरालो र विश्वकै अग्लो जिपलाइनको रुपमा गिनिज बुक अफ वल्ड रेकर्डसमा दर्ता प्रक्रियामा रहेको सञ्चालकले बताएका छन्। जिपलाइन सञ्चालनपछि सन् २०१४ मा बन्जी जम्प सुरु गरेको हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिले कोभिडकै समयमा पोखरामा जायन्छ स्विङ र सुपरम्यान जिपलाइन पनि सञ्चालनमा ल्याएको छ।

पोखरालाई एड्भेन्चर्स खेलको राजधानीको रुपमा विकास गर्न सहासिक खेलका गतिवधि थपीरहने प्रालिका सञ्चालक निर्देशक मध्येका एक अभिनव चुरिवालले बताए। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन छिट्टै हुँदै छ। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विश्वका पर्यटकका लागि सोझै पोखरा आउने ढोका खुल्ने र पर्यटकको आगमन बढ्ने विश्वासमा पनि लगानी बढाएको चुरिवालले बताए। 

सूर्योदय र सूर्यास्तका लागि चर्तित पोखराको सराङ्कोटको टाकुरबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमाल र पोखराको दृश्यावलोकन गर्दै जिप लाइन र सुपरम्यान जिपलाइन गर्न सकिन्छ। जिपलाइनको भर्टिकल ड्रप ६ सय मिटरमा एक हजार आठ सय ५० मिटर दूरी पार गर्न क्लासिक जिपलाइन खेल्दा डेड मिनेट लाग्छ। सुपरम्यान जिपलाइनमा १ मिनेटमा पुरा हुन्छ।

यहाँको जिपलाइन क्यान्टिलिभर ब्रिजको मोडलमा बनाइएको यो नेपालकै पहिरो टावर बन्जी रहेको प्रालिका निर्देशक दिनेश महर्जनले बताए। यहाँ  जोडिले सँगै अङ्गालो मारेर बन्जी गर्न टेन्डम बन्जी पनि नेपालमै पहिलो पटक सुरु भएको उनले बताए। टेन्डम बन्जी युवामाझ निकै अकर्षक बनेको पनि  उनले बताए।

हाइग्राउण्ड प्रालिले पछिल्लो समयमा निर्माण र सञ्चालनमा ल्याएको खेल जायन्ट स्विङ हो। कोरोनाको समयमै निर्माण गरि सञ्चालनमा ल्याएको जायन्ट स्विङ नेपालकै पहिलो फरक खालको स्विङ खेल रहेको अर्का निर्देशक शरद गोल्छाले बताए। खोलाबाट २ सय ६२ फिट माथीबाट ९८ फिटको टावर निमार्ण गरिएको छ।

टावरमा रहेको डोरीमा स्विङ खेल्ने व्यक्तिलाई झुन्ड्याइन्छ। कुर्सीमा बसेर सुपरम्यान शैलीमा खेल्न सकिने स्विङ ३ जना एकै पटक बसेर खेल्न मिल्ने उनले बताए। यो खेल परिवार साथीभाइसँग सँगै खेल्न सकिन्छ। दुई जना पनि खेल्न सकिने गरेर बनाइएको छ ।

यस खेलमा स्विङ्को फ्री फल ३ सेकेण्डको रहन्छ। स्विङ खेल अवधी ३ मिनेटको रहने भरत गोल्छाले बताए। खेल स्थलसम्म लाने ल्याउनेसहित प्रतिव्यक्ति दुई हजार शुल्क लाग्ने प्रालिले बताएको छ। हेम्जा स्टेसनमै पुगरे खेल्न चाहानेलाई १० प्रतिशत छुट रहने व्यवस्था गरिएको छ।

भारतीय प्राविधिकले निर्माण गरेको स्विङ भौतिक संरचना आवश्यक एड्भेन्चर गेयर र प्राविधिकको खर्च गरी करिव २ करोड लागेको निर्देशक महर्जनले बताए। पोखराको सराङ्कोटबाट सुरु भएर हेम्जासम्म सुपरम्यान जिपलाइन पनि हालै सञ्चालनमा आएको छ।यस सुपरम्यान जिपलाइन विश्वकै दोस्रो लामो रहेको पनि सञ्चालकको दावी छ। 

विश्वकै भिरालो, छिटो (द वल्ड स्टिपेस्ट एण्ड फास्टेस्ट) र एउटै डोरीमा विश्वकै लामो जिपलाइनमा सुपरम्यान जिपलाइन सुरु गरेको महर्जनले बताए। गत अक्टोवरमा सुपरम्यान जिपलाइन निर्माण भएको हो। क्लासिक शैली मात्र भएको पहिलेको जिपलाइनमा प्राविधिक स्तरोन्नति गरी सुपरम्यान जिपलाइन सुरु गरिएको हो।

फुल बडी हार्नेस र अतिरिक्त ट्रली (घिर्नी) थप गरेर सुपरम्यान जिपलाइन संचालन हुन्छ। अस्ट्रीयाका एड्भेन्चर विशेषज्ञ इन्ड्रीयस होगिन बर्गरको प्राविधिक संलग्नतामा सुपरम्यान जिपलाइनको निर्माण गरेको पनि महर्जनले बताए। पहिलेकै जिपलाइनमा सुपरम्यान शैली भित्र्याउन करिब ५० लाख रुपैयाँ थप खर्च भएको उनले जानकारी दिए। साधारण जिपलाइन ९० सेकेन्ड हुन्छ भने सुपरम्यान जिपालाइन १ मिनेट अवधीमा पुरा गरिन्छ।प्रालिले आप्ना ४ वटै सहासिक खेलमा सहभागी हुनेलाई प्याकेजमा दश हजार शुल्कमा दिने गरेको छ ।

प्रालिले आप्ना ४ वटै साहासिक खेलका गतिविधि सञ्चालनका लागि जग्गासहित आवश्यक पूर्वाधार निर्माण गर्न अहिलेसम्म २५ करोड बढी लगानी गरिसकेको बताएको छ। कम्पनीले हेम्जामा छिट्टै अर्को एडभेन्चर प्रोडक्ट एटिभी बाइक सुरु गर्ने पनि प्रलिका निर्देशक अभिनव चुरिवालले बताए। हाइग्राउण्ड प्रालिमा युवा व्यवसायी शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवाल र दिनेश महर्जन रहेका छन्। उनीहरु प्रालिका निर्देशक पनि हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.