चिसो बढेसँगै सोलुखुम्बुमा ज्याकेटको व्यापार बढ्यो

चिसो बढेसँगै सोलुखुम्बुमा ज्याकेटको व्यापार बढ्यो

सोलुखुम्बु : चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुमा डाउन ज्याकेटको माग अत्याधिक बढेको छ। शरदबाट नै चिसो सुरु हुने यहाँ अन्य कपडासँगै डाउन ज्याकेट अर्थात प्वाँखबाट बनेका ज्याकेटको माग अत्याधिक रहेको ब्यवसायी बताउँछन्। 

अन्य सामन्य ज्याकेट तथा कपडाको तुलनामा डाउन ज्याकेटले बढी नै न्यानो प्रदान गर्ने हुँदा यसको माग उच्च भएको सल्लेरीका व्यवसायी सागर हिङमाङले बताए।
उनले भने, ‘डाउन ज्याकेटलाई त अन्य लुगा कपडासँग तुलना नै गर्न मिल्दैन नि, यसमा न्यानो प्रदान गर्न सक्ने त्यस्तो गुण हुन्छ कि जुन गुण अरु कपडामा हुँदैन। त्यसैले पनि यहाँ यसको माग थेकिनसक्नु छ, माग अनुसारको सामान नै उपलब्ध गराउन सकेको छैन।’ 

चिसो बढेसँगै सर्वसाधरण नागरिकहरु चिन्तित भएता पनि टेलरिङ व्यवसाय गर्नेका लागि सुनौलो अवसर बनेको छ। जसका कारण आफूहरु डाउन ज्याकेट उत्पादनमा भ्याइनभ्याइ रहेको सल्लेरीका अर्का व्यवसायी लोकबहादुर दर्जी बताउँछन्। 

जिल्ला सदरमुकाम सल्लेरी क्षेत्रमा लभगभ ४० वटा टेलर नियमित रुपमा सञ्चालमा छन्। जाडो समयमा यहाँका टेलर मात्रै नभएर अन्य फेन्सी पसलहरु समेत व्यस्त बनेका छन्। चिसो सुरु भएयता यहाँका कपडा पसलहरुमा समेत डाउन ज्याकेट किन्नेको नै चाप बढी हुने गरेको व्यवसायी मनिकुमार राईले बताए। 
सोलुखुम्बुको माथिल्लो भेगमा अहिले तापक्रम घटेर माइनस १२ डिग्रीसम्म पुगेको छ भने सदरमुकाम सहितका क्षेत्रमा माइनस २ डिग्रीसम्म पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.