विद्यार्थी र शिक्षकलाई कोरोना देखिएपछि विद्यालय बन्द

विद्यार्थी र शिक्षकलाई कोरोना देखिएपछि विद्यालय बन्द

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ। 

विद्यालयमा कार्यरत एक शिक्षकमा कोरोना पुष्टि भएपछि शुक्रबार विद्यालयका शिक्षक सहित विद्यालय कर्मचारीको परिक्षण गरिएको थियो। उक्त परिक्षणमा थप एक शिक्षकमा कोरोना संक्रमण देखिएपछि संक्रमित दुबै शिक्षकले पठनपाठन गराउने सबै कक्षाका विद्यार्थीहरुमा कोरोना परिक्षण गरिएको थियो।

१७ जना शिक्षक कर्मचारीमध्ये दुई जना र ८२ जना विद्यार्थीहरुमा गरिएको परीक्षणमा १० जनागरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि १० दिनका लागि विद्यालयको पठनपाठन बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।  

शिक्षकहरुको अस्थायी कोभिड अस्पताल पिप्ले र विद्यार्थीहरुको विद्यालयमै एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो। १० दिनपछि पुनः कोरोना परिक्षण गरिने र संक्रमण नभेटिएपछि मात्रै विद्यालय सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। 

सिसिएमसिसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेपनि जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को बैठकले कारोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सावधानीलाई कडाइका साथ लागूगर्ने तर तत्काल जिल्लामा शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको छ।

मन्त्रालयले वार्षीक विदामा समायोजन हुनेगरी शैक्षिक संस्थाहरु बन्द गर्न भनेपनि जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधि र जिल्लास्थित सरोकारवालाहरुले जिल्लामा कोभिडको संक्रमण भयावह र डरलाग्दो अवस्थामा नपुगेकाले तत्काल विद्यालयहरु बन्द नगर्ने निर्णय गरेका थिए। म्याग्दीमा स्मार्ट लकडाउनलाई कार्यान्वयन गर्ने र सोहि कार्यविधि बमोजिम कोरोना संक्रमणको अवस्था हेरेर बन्द तथा लकडाउनको निर्णय गरिने जनाईएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.