बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

कुश्मा : पर्वतको आम्बोटस्थित पोखरा–बागलुङ सडकमा सोमबार दिउँसो यात्रुवाहक बस र मोटरसाइकल ठोक्किँएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक पर्वतको महाशिला गाउँपालिका २ भोक्सिङका ३८ वर्षीय प्रितम गुरुङ रहेका छन्। 

पोखराबाट पर्वततर्फ आउँदै गरेको ग ६ प ५५७३ नम्बरको मोटरसाइकल र बागलुङबाट बर्दियातर्फ जाँदै गरेको ग २ ख १०१३ नम्वरको बस मोदी गाउँपालिका ५ आम्बोट नजिकै पोखरा–बागलुङ सडकमा एकआपासमा जुधेका हुन्। दुर्घटनामा गम्भीर घाईते भएका गुरुङको उपचारका क्रममा पर्वत अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। 

बसमा सवार यात्रु भने सकुसल रहेका छन्। दुवै तर्फका सवारीसाधन तीब्र गतिमा भएका कारण ठोकिएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.