बेपत्ता लघुवित्तका कर्मचारीको खोजीमा विज्ञको टोली परिचालन

बेपत्ता लघुवित्तका कर्मचारीको खोजीमा विज्ञको टोली परिचालन

सोलुखुम्बु : सोलुखुम्बुमा बिगत ४ महिनादेखि बेपत्ता लघुवित्तका कर्मचारीको खोजीका लागि प्रदेश प्रहरी कार्यालयको विज्ञ टोली खटिएका छन्। गत असोज १५ गतेदेखि बेपत्ता एनएमबी लघुवित्त वित्तीय संस्था सोताङ सोलुखुम्बुमा कार्यरत २५ वर्षीया मनकुमारी कार्कीको खोजीमा मंगलबारबाट विज्ञसहितको टोली परिचालित भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

उक्त टोली प्रदेश प्रहरी कार्यालयको दुई जना विज्ञ (आरआइटी) र दुई जना प्रहरीसहित ४ जनाको टोली परिचालित भएको जिल्ला प्रहरी कार्याल सोलुखुम्बु प्रहरी नायब उपरीक्षक (डिएसपी) कवित कटवालले जानकारी दिए।  सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी कार्की लघुवित्तको मासिक बैठक सञ्चालनका माप्य दूधकोशीको सोलाबनबाट हाकुला झर्ने क्रममा बेपत्ता बनेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ।  

सम्पर्कविहीन भएको थाहा हुने बित्तिकै स्थानीयवासी सहित प्रहरीले खोजतलास गरे पनि हालसम्म कार्कीको अवस्था पत्ता लाग्न नसकेको प्रहरीको भनाइ छ। विज्ञको टोलीलेसमेत पत्ता लगाउन नसकेमा सिआइवीको टोली झिकाइने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.