सोलुखुम्बुमा किवी उत्पादन बढ्यो

सोलुखुम्बुमा किवी उत्पादन बढ्यो

सोलुखुम्बु : सोलुखुम्बुमा अघिल्लो वर्षको तुलनामा यस वर्ष किवी उत्पादन ३ मेट्रिक्टन वृद्धि भएको छ। गत वर्ष ६५ मेट्रिक्टन किवी उत्पादन भएको जिल्लामा यस वर्ष बढेर ६८ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ। 

कार्यालयका सुचना अधिकारी कुलबहादुर राईका अनुसार गत वर्षको तुलनामा उत्पादन दिने बोटको संख्या बढेसँगै उत्पादनमा पनि वृद्धि भएको हो। अधिकारी राईले भने, ‘जिल्लामा पछिल्लो समय किवी खेती गर्ने किसानहरु बढ्दै छन्, तर रोपेको २-३ वर्षमा मात्रै उत्पादन दिन थाल्ने भएकाले उत्पादन क्षेत्र कम छ, केही वर्ष भित्रमा ती सबै बोटले फल दिन थालेपछि उत्पादनमा भारी वृद्धि हुने निश्चित छ।’

सोलुखुम्बुमा हाल ११५ हेक्टर क्षेत्रफलमा किवी खेती गरिदै आएको छ। जसमध्ये हाल ११ हेक्टर क्षेत्रफलमा लगाइएको किवीले उत्पादन दिन थालेको ज्ञान केन्द्रका तथ्यांक छ। अघिल्लो वर्ष १० हेक्टर क्षेत्रफलमा लगाइएको किवीले उत्पादन दिएको भए पनि यस वर्ष बढेर ११ मेट्रिक्टन उत्पादन भएको छ। तर उत्पादकत्व भने गत वर्षभन्दा केही घटेको केन्द्रका सुचना अधिकारी राईले बताए।

‘गत वर्ष प्रतिहेक्टर ६.५० मेट्रिक्टन उत्पादकत्व रहेकोमा यस वर्ष घटेर ६.१८ मेट्रिक्टन पुग्यो, कतिपय पुराना बोटहरुले कम उत्पादन दिने भएकाले उत्पादकत्वमा केहि घिरावट आएको हो’, उनले भने।  

जिल्लाको नेचाबेत्तघारी, नेचाबतासे, सल्यान, तिङला, गार्मा, साल्मे, सल्लेरी, तामाखानी, बेनी, फाप्लु, टाक्सिन्दु, नेले, काँगेल, मुक्ली, जुबु, देउसा, काँकु, बासा, खरिखोला, बुङ, छेस्काम, गुदेल, सोताङ, चौलाखर्क लगातका क्षेत्रमा किवी खेती हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.