कर्मचारीमा कोरोना देखिएपछि डडेल्धुरा प्रशासनको सेवा बन्द
डडेल्धरा : जिल्ला प्रशासन कार्यालय डडेलधुराका कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि दैनिक सुचारु हुने सेवा बन्द गरिएका छन् । राहादानी, नागरिकता वितरणलगायतका नियमित सेवाहरु स्थगित गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुरा जनाएको छ।
कार्यालयले सूचना जारी गर्दै अत्यावश्यकबाहेक सेवा बन्द गरिएको जानकारी दिएको छ। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले एक सूचनामार्फत् कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरिएको जानकारी दिएका छन् ।
नागरिकता, नागरिकता प्रतिलिपि, संघ-संस्था, नावालक परिचय पत्र, राष्ट्रिय परिचय–पत्र र राहदानी सम्बन्धी फाँट तर्फको सम्पुर्ण सेवा अर्को सूचना जारी नभएसम्मका लागि शुक्रबारदेखि लागू हुनेगरी बन्द गरिएको सीडीओ जोशीले जानकारी दिए।
शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवाहरु नियमित रहने समेत उक्त सूचनामार्फत जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस !