२०औं आहा रारा गोल्डकप : अमेरिकी टोलीलाई हराउँदै  एपीएफ अन्तिम चारमा

२०औं आहा रारा गोल्डकप : अमेरिकी टोलीलाई हराउँदै  एपीएफ अन्तिम चारमा

पोखरा : बीवाईएससी मिनेसोटा अमेरिकालाई ३-१ गोल अन्तरले हराउँदै विभागीय टीम नेपाल एपीएफ क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 

पोखरा रंगशालाको फुटबल मैदानमा शनिबार भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको सुरुआतमै बीवाईएससी मिनेसोटाले अग्रता बनाएको थियो। खेलको ४७औं मिनेटमा मिगल पेलाफक्सले हेडरमार्फत गोल गर्दै बीवाईएससीलाई अग्रता दिलाएका थिए। राइलीको क्रसमा मिगलले बललाई विपक्षीको पोष्टको जाली चुमाएका हुन्। 

अमेरिकी टोली बीवाईएससी मिनेसोटाको अग्रतालाई तोडेर बराबरी गोल बनाउन एपीएफले २३ मिनेट कुर्नु परेको थियो। खेलको ७०औं मिनेटमा एपीएफका आवाश लामिछानेले पेनाल्टीमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा फर्काएका थिए। बीवाईएससीका हेक्टरले अर्मान्डलाई पेनाल्टी एरियामा फउल गदै लडाएपछि एपीएफले पएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै बराबरी गोल फर्काएको थियो। 

सब्सिच्युड खेलाडी रवी थिङले खेलका ८४औं मिनेटमा गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाएका थिए। खेलको इन्जुरी समयमा रवीले व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टीम एपीएफलाई ३-१ को फराकीलो अन्तरले जित दिलाउन महत्वपूर्ण भूमीका खेले। दुई गोलको योगदान दिएका रवी थीङ शनिबारको खेलमा म्यान अफ दि म्याच घोषीत भए। 

खेलपछि प्रतिक्रिया दिँदै पाहुना टोली बीवार्ईएससी अमेरिकाका प्रशिक्षक प्रलयराज भण्डारीले आफ्नो टोलीले अग्रता लिइरहेको अवस्थामा पेनाल्टी दिनै नपर्ने अवस्थामा पेनाल्टी दिएपछि लय गुमाएको बताए। एपीएफका प्रशिक्षक कुमार थापाले अमेरिकी टोलीलाई बुझनै समय लागेकोले पहिलो हाफपछि गोल निस्कीएको बताए। अमेरिकी टिमले राम्रो खेल प्रदर्शन गरेको पनि उनले सुनाए। नर्थ अमेरिकन टोलीसंग खेलेर अनुभव लिन पाउनु पनि खुशीको कुरा भएको उनले बताए। 

एपीएफ पहिलो खेलमा आयोजक सहारा क्लबलाई २-० गोलले हराएर क्वाटरफाइनलमा स्थान बनाएको थियो। सेमिफाइनलमा एपीएफको भेट संकटा र मछिन्द्र क्लबीचको विजेतासगँ हुनेछ। २० औँ संस्करणको आहा रारा गोल्डकपमा एक विदेशी सहित दश टिमका सहभागीता रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.