स्याङ्जा प्रशासनकाे ‘तपाई मास्क खै?’ अभियान

स्याङ्जा प्रशासनकाे ‘तपाई मास्क खै?’ अभियान

स्याङ्जा : मास्क लगाउने अभियानलाई स्याङ्जा प्रशासनले कडाई गरेको छ। सुरक्षा निकाय र स्वास्थ्यकर्मीको समूहले जिल्लाका मुख्य बजारमा पुगेर अनुगमनसंगै मास्क नलगाउने नागरिकलाई सचेत गराएको छ। 

दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएपछि स्याङ्जा प्रशासनले ‘तपाईको मास्क खै?’ अभियान सुरु गरेको हो। संक्रमण नियन्त्रणका लागि उचित ढंगले मास्क लगाउनु सर्वोत्तम उपाय हो। सबैका लागि पहिलो अनिवार्यता मास्क लगाउनु पर्र्ने जिल्ला कोभिड ब्यवस्थापन समितिले जनाएको छ।  

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको नेतृत्वमा निस्केको अनुगमन टोलीमा प्रहरी, उपरीक्षक राजीव बस्नेत, डा. रमेश आचार्यलगायत अन्य सुरक्षा निकायका प्रमुखहरु सहभागि थिए।  

जिल्ला सदरमुकामसहित पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ् नगरपालिका अन्र्तगतका बजारको अनुगमन गरेका थिए। सोही क्रममा मास्क नलगाई ब्यापार ब्यवसाय गरिरहेका ७० जनालाई जनही सय रुपैयाँ जरिवानासहित सचेत गराइएको छ। 

प्रजिअ पौडेलले भने, ‘मास्क लगाएका छौं भन्दै च्यापुमा अड्याउने र हातमा झुण्ड्याउनेलाईसमेत मास्क लगाउने उचित तरिका सिकाएका छौं।’ नियमित सरसफाई, स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन, मास्कको सहि प्रयोगले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्र्छ प्रजिअ पौडेल भन्छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.