संकटालाई फराकीलो गोल अन्तरले पाखा लगाउँदै मछिन्द्र सेमिफाइनलमा
पोखरा : मछिन्द्र फुटबल क्लब २० औं संस्करणको आहा रारा गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा जारी खेलमा मेसुके ओलुमोउको उत्कृष्ट प्रदर्शनको मद्दतले संकटा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र फुुटबल क्लब अन्तिम चारमा स्थान पक्का गरेको हो।
खेलको १३ मिनेटमा मछिन्द्रका उत्सव राईले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए। अभियान प्रधानले विपक्षीबाट बल खोस्ने क्रममा पाएको बललाई एक डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार गोलमा परिणत भएको थियो।
खेलको ४७ औं मिनेटमा मछिन्द्रका मेसुके ओलुमोउले गोल गर्दै अग्रता दोब्बर बनाए। अभिषेक रिजालले उपलब्ध गराएको बललाई मेसुकेले सहजै जाली चुमाएका थिए। खेलको ६३औं मिनेटमा संकटाका गणेश हमालले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएर टिमलाई जित तर्फ डो¥याउन आशा कायम नै राखे। हमालले तामाङको कर्नरमा निरज बस्नेतको हेडलाई गणेशले हेडमार्फत नै गोल गर्न सफल भएका थिए। खेलको ७४ औं मिनेटमा गणेश हमालले पाएको अवसर गोल गर्नबाट गुमाउँदा संकटा खेल बराबरी बनाउन चुकेको थियो।
खेलको ८४ औं मिनेटमा सब्सिच्युट फरवार्ड अभिषेक गुरुङले गोल गर्दै मछिन्द्रलाई ३–१ ले अघि बढाए। अमित तामाङले रेजिन धिमाललाई लडाएपछि प्राप्त फ्रिकिबल गोलरक्षकले बचाएपनि रिवाउन्डमा अभिषेकले गोल गर्न सफल भएका हुन्। खेलको ८६ र्औं मिनेटमा मेसुके ओलुमोउले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै मछिन्द्रको जित पक्का गरे। नाथानिल जुडे गार्सियाको पासमा मेसुकेले दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो।
खेलको सातौं मिनेटमा संकटा अग्रता लिनबाट चुकेको थियो। ग्लोरीको प्रहारलाई ओमोलाजा नुरेन करिमले गोललाईनबाट क्लियर गर्दै बचाएका थिए। उता खेलको २७ औं मिनेटमा मछिन्द्रका रेजिन सुब्बाको प्रहारलाई संकटाका गोलरक्षक राजा बाबु थापाले पञ्च गरेर बचाए। खेलको २९ औं मिनेटमा संकटाका फोडे फोफोनाको प्रार बार नजिकैबाट बाहिरिदा संकटा बराबरीबाट चुकेको थियो। खेलमा दुई गोलका महत्वपूर्ण योगदान दिएका मेसुके म्यान अफ दि म्याच घोर्षीत भए। साविक विजेता संकटामाथी सानदार जित संगै मछिन्द्र फाइनल प्रवेशकालागि बुधबार एपिएफ क्लब संग खेल्ने छ। मंगलबार अन्तिम क्वाटरफाइनल खेल त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीत हुने छ।
खेलपछि प्रतिक्रिया दिँदै संकटाका प्रशिक्षक राजकुमार केसीले आप्नो खोलाडीले गल्ती माथि गल्ती दोहो¥याउदा हार बेहोरनु परेको बताए। सेकेण्ड हाफमा खेल निकै राम्रो भए पनि पाएको अवसर सदुपयोग गर्न नसकेको पनि उनले सुनाए। मछिन्द्रको जितमा मेसुकेको कि रोल भएको पनि उनले बताए। मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले राम्रो टिम संकटालाई फराकीलो गोल अन्तरले जित्दा टिमलाई थप उर्जा मिलेको बताए। अब एपिएफसंग अझै राम्रो म्याच हुने पनि उनले सुनाए।
प्रतिक्रिया दिनुहोस !