२० औं आहा गोल्डकप : थ्रि स्टारलाई स्तब्ध बनाउँदै आर्मी सेमिफाइनलमा
पोखरा : सब्सिच्युट फरवार्ड राजिब गुरुङको निर्णायक एक गोलको मद्दतले विभागीय टिम त्रिभुवन आर्मी क्लब थ्री स्टार क्लबलाई स्तब्ध बनाउँदै २०औं संस्करणमा आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालाको फुटबल मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो। आर्मीका लागि खेलको ७० औं मिनेटमा मैदान प्रवेश गरेको ७ मिनेटमै राजिबले एक गोल गरेका हुन्। राजिबको त्यही गोल नै आर्मीलाई सेमिफाइनल यात्राकालागि सहज भएको हो। थ्री स्टारका डिफेन्डर जीवन गुरुङ चिप्लदा जर्जप्रिन्स कार्कीको पासमा पाएको बललाई राजिबले जाली चुमाएका हुन्। राजिब ६४ औं मिनेटमा टंक बस्नेतको स्थानमा मैदान छिरेका थिए।
खेलका आठौं मिनेटमा जर्ज प्रिन्स कार्कीको वान भर्सेस वानको अवस्थामा प्रहार गरेको बललाई थ्री स्टारका गोलरक्षकले प्रिसोले बचाएका थिए। खेलको ८५ औं मिनेटमा थ्री स्टारका मिक्चेन तामाङको कर्नरबाट प्रहार गरेको बललाई आर्मीका गोलरक्षक विकेशले पञ्च गरेका थिए। मंगलबार भएको खेलमा निर्णक एक गोल गर्ने राजिब गुरुङ म्यानअफ दि म्याच घोर्षीत भए।
खेलपछि प्रतिक्रिया दिँदै थ्री स्टार क्लबका प्रशिक्षक उर्जन श्रेष्ठले आफ्नो टिममा फिडेन्समा कमजोर देखिएको बताए। समग्रमा हामीले पनि राम्रो खेल खेल्यो। डिफेन्डर लडेर गोल हुनु नै हारको प्रमुख कारण बनेको पनि उनले सुनाए। आप्नो ४ खेलडी चोटग्रस्त हुनुले बाहिर रहदा पनि अझै राम्रो खेल पस्कन नसकेको उनले बताए।
विजेता टिम त्रिभुवन आर्मीका प्रशिक्षक राजु तामाङले थ्री स्टार राम्रो अपोनेन्ट संगको खेलमा आप्नो रणनीतिले सफल भएको बताए। ५ जना खेलाडी राष्ट्रिय टिममा हुनु, खेलीरहेका खेलाडी पनि चोटग्रस्त हुनुले अझै राम्रो खले पस्कन नसकेको उनले सुनाए। हामीले अहिलेसम्म आहा रारा गोल्डकप फाइनलमा पुगेर पनि जित्न सकेका छैनौ। यस पटक पहिलेका गल्ती सुधारेर जित्ने रणनीतिमा अघि बढ्छौं प्रशिक्षक तामाङले भने।
आर्मीअब मनाङ मस्र्याङ्दी क्लबसंग फाइनल प्रवेशकालागि बिहीबार खेल्ने छ। मनाङ पुलिसलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। पहिलो सेमिफाइनलको खेल बुधबार एपिएफ र मछिन्द्र क्लबबीच हुनेछ।
प्रतिक्रिया दिनुहोस !