राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशमा ७० प्रतिशत मत खस्यो

राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशमा ७० प्रतिशत मत खस्यो

हेटौंडा : राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त रहेको दुई सदस्य पदको लागि बुधबार हेटौंडामा मतदान जारी छ। बिहान नौ बजेबाट सुरु भएको मतदानमा करिब ७० प्रतिशत मत खसिसखेको राष्ट्रियसभा सदस्य निर्वाचन कार्यालयले जनाएको छ। 

स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष दुईसय चार जना र प्रदेशसभाका ९५ जना सदस्यले मतदान गरिसकेको कार्यालयले जनाएको छ। गठबन्धनबाट नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमा तिमल्सिना चुनावी प्रतिस्पर्धामा रहेका छन्। 

काठमाडौं निवासी पौडेल नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव हुन्। हेटौंडाकी तिमल्सिना नेकपा एकीकृत समाजवादकी केन्द्रीय सदस्य हुन्। नेकपा एमालेबाट गोपाल शाक्य र निरकुमारी कुँवर दर्लामी गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धामा उत्रिएका छन्। 

शाक्य ललितपुर र दर्लामी सिन्धुलीबासी हुन्। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट कृष्ण तामाङ र गिता काफ्ले चुनावी मैदानमा छन्। बागमतीबाट काँग्रेसका राधेश्याम अधिकारी र एकीकृत समाजवादीकी उदय शर्मा पौडेलको कार्यकाल सकिँदैछ। 

हेटौंडा औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालय परिसरमा दिउँसो ३ बजेसम्म मतदान हुने र साँझ ७ बजेसम्म परिणाम सार्वजनिक गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले बताए। स्वास्थ्य मापदण्ड पूरा गरी निर्वाचनको ब्यवस्थापन गरिएको श्रेष्ठले बताए। 

निर्वाचनमा वागमती प्रदेशसभा सदस्य एकसय नौ जना र प्रदेशका १३ जिल्लाका एकसय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुईसय ३७ गरी तीनसय ४६ मतदाता रहेका छन्। एक गाउँपालिका अध्यक्षले अख्तियारमा परेको मुद्धाका कारण मतदानमा सहभागी हुन नपाएका हुन्। प्रदेशसभाका एक जना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ। यस अघि भएको राष्ट्रिय सभाको निर्वाचन परिणामले बागमती प्रदेशमा गठबन्धनको मतभार बलियो रहेको देखिएको छ। बागमती प्रदेशबाट राष्ट्रिय सभामा रिक्त रहेको एक सिटको लागि गत जेठ छ गते हेटौंडामा भएको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका डा.खिमलाल देवकोटा विजयी भएका थिए। तत्कालीन नेकपा एमाले भित्रको माधव नेपाल पक्ष, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा एक हजार ७४ मतभारले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा (बादल)लाई हराउँदै देवकोटा विजयी भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.