राष्ट्रिय सभा निर्वाचनको मतगणना सुरु
दाङ: राष्ट्रिय सभा निर्वाचनको मतदान सकिएसँगै मतगणना सुरु भएको छ। राष्ट्रियसभाको रिक्त १९ सदस्यका लागि आज सात वटै प्रदेशमा मतदान भएको थियो। मतदानमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कूल २०२५ जना मतदाता थिए।
निर्वाचन आयोगका अनुसार मतदान सकिएसँगै लुम्बिनी प्रदेशमा मतगणना सुरु भएको छ। प्रारम्भिक मतपरिणामअनुसार लुम्बिनीमा नेकपा (एकीकृत समाजवादी)बाट पाल्पाकी राज्यलक्ष्मी गैरेले अग्रता लिएकी छन्। सम्भवतः आजै मतपरिणाम आउने आयोगका एक सदस्यले जानकारी दिए। राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएको छ।
प्रतिक्रिया दिनुहोस !