भोट काटिँदा पनि गण्डकीमा गठबन्धनका ३ उम्मेदवार विजयी

भोट काटिँदा पनि गण्डकीमा गठबन्धनका ३ उम्मेदवार विजयी

पोखरा: प्रदेश सांसद र स्थानीय तहका प्रमुख÷उपप्रमुख मतदाता रहेको राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस माओवादी केन्द्रको गठबन्धनका ३ जनै उम्मेदवार विजयी भएका छन्। हाला कि उनीहरुलाई गठबन्धनका सबै मतदाताको मत आएको थिएन। 

राष्ट्रिय सभा सदस्यमा महिला क्लस्टरबाट नेपाली कांग्रेसकी नेतृ कमला पन्त, दलिततर्फ माओवादीका भुवन सुनार र अन्यबाट माओवादी सुरेश आलेमगर विजयी भए । उनीहरुसँग एमाले उम्मेदवार क्रमशः लीला थनेत, अर्जुन सुनाम र पुण्य पौडेल प्रतिस्पर्धामा थिए । कमलाले ३०४८, सुनारले पनि त्यत्ति नै र आलेमगरले ३०९६ मत पाए । एमालेकी लीला र सुनामको २७२४÷२७२४ र पौडेलको २६९४ मतभार आएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।  

गण्डकी प्रदेश सभामा कांग्रेससहितका गठबन्धनका ३१ सांसद छन् । गण्डकीमा ८५ स्थानीय तह छन् । प्रदेश सभामा एमाले सांसद संख्या २७ छ । तर पन्त र सुनारलाई उनीहरुको पार्टीका गठबन्धनका प्रदेश सभाका ३१ मध्ये २ सांसदले मत हालेनन् । पन्त र सुनारलाई प्रदेश सांसद २९ जनाको मात्रै मत परेको थियो । उनकी प्रतिस्पर्धी एमालेकी थनेतलाई आफ्नो पार्टीका २७ र बाँकी २ गरी २९ जना प्रदेश सांसदको मत आएको थियो । सुनामलाई पनि प्रदेश सांसद २९ जनाले मत हालेका थिए । अन्यतर्फको निर्वाचनमा एकजना प्रदेश सांसदको मत बदर भएको थियो । 

आलेमगरलाई ३० र पुण्य पौडेललाई २८ प्रदेश सांसदको मत आएको थियो । उनीहरुलाई स्थानीय तहका तर्फबाट क्रमशः ९२ र ७५ जनाले मत हाले । यो निर्वाचनमा प्रदेश सांसदको ४८ र स्थानीय तह प्रमुख÷उपप्रमुखको १८ मतभार हुन्छ । गण्डकीको प्रदेश सभामा ५९ सांसद छन् । ८५ स्थानीय तह छन् । 

निर्वाचनमा मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका प्रमुख राजु विष्ट र बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का अनुपस्थित भएका थिए । विष्ट एमाले र खड्का राप्रपा हुन् ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.