२० औं आहा रारा गोल्डकप : एपीएफ च्याम्पियन

२० औं आहा रारा गोल्डकप : एपीएफ च्याम्पियन

पोखरा : नेपाल एपीएफ फुटबल क्लब २०औं संस्करणको आहा रारा गोल्डकपको च्याम्पियन बनेको छ। आहा रारामा ६ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोलले गराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ फटुबल क्लब पहिलो पटक आहा रारा गोल्डकपको च्याम्पियन बनेको हो। 

खेलको निर्धारित समयमा दुबै टिमबाट बरारी २–२ गोल भएपछि थपिएको अतिरिक्त समयको ३० मिनेटमा पनि कुनै पनि गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। पेनाल्टी सुटआउटमा मनाङका फरवार्ड ओलावाले अफिजले प्रहार गरेको बल एपीएफका विदेशी गोलरक्षक युया कुरियामाले रोकेपछि ७ औं पटक उपाधि जित्ने दौडमा रहेको मनाङ स्तब्ध भएको थियो। 

एपीएफका नविन लामा, सनिस श्रेष्ठ, रवि थिङ, मणी लामा, अर्मान्ड बिडोम पेनाल्टीमा सफल रहे। मनाङका ओलावाला पेनाल्टी सुटआउटमा असफल रहदा एपीएफलाई उपाधि सुम्पन परेको थियो। मनाङका नयानन्द सिंह, शिव गुरुङ, फ्रेङ्कलिन टाला, रुपेश केसीले गोल गरेका थिए। यस अघि खेलमो २० औं मिनेटमा गोल गर्दै एपीएफका युवराज खड्काले टिमलाई अग्रता दिलाएका थिए। दोस्रो आफको ६७ औं मिनेटमा कप्तानको क्रसमा पाएको बललाई सदुपयोग गर्दै मनाङका दयानन्द सिंहले टिमकालागि बराबरी गोल फर्काए। 

खेलका अन्तिम समय ६ मिनेट अघि मनाङका फ्रेङकलिन टालाले गोल गर्दैै टिमलाई २–१ के जिततर्फ अगाडी बढाएका थिए। तर एपीएफका रबि थिङले इन्जुरी समयको पहिलो मिनेटमै गोल गर्दै टिमको हार टार्दै खेललाई अतिरिक्त समयतफै धकेलेका थिए। 

प्रतियोगितामा सार्वोत्कृष्ट एपिएफ डिफेन्डर राजन गुरुङ घोषित भएका छन्। उनले अप्रिला स्कुटर पुरस्कार पाए। उनी नै आहा राराको उत्कृष्ट डिफेन्डरसमेत चुनिए। उनले २५ हजार रुपैयाँ हात पारे।

विधागत पुरस्कारतर्फ एपिएफले नै वर्चस्व कायम राख्दा मनाङका आफिज ओलावाले उत्कृष्ट फरवार्ड घोषित भए। एपिएफका रवि थिङ उत्कृष्ट मिडफिल्डर र उच्च गोलकर्ता बनेर पुरस्कार पाए। उत्कृष्ट गोलरक्षक एपिएफकै युया कुरियामा र उत्कृष्ट प्रशिक्षक कुमार थापा घोषित भए। उनीहरुले समान २५–२५ हजार रुपैँयाको साथमा ट्रफि हात पारे।

एपीएफ दोस्रो पटक फाइनलमा प्रवेश गरेर पहिलो पटक आहा रारा गोल्डकपको च्याम्पियन बनेर उपाधिसँगै १० लाख १ हजार रुपैयाँ हात पारेको छ। दोस्रो भएको मनाङले ५ लाख १ हजार रुपैयाँमा चित्त बुझायो। आयोजक सहरा क्लबले प्रतियोगिताबाट बचेको रकमले फुटबल एकेडेमी चलाएको छ। एकेडेमीमा १५ जिल्लाका २४ जना कठिन एवं विपन्न परिस्थितिका बालकहरु रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.