सोलुखोला दूधकोसी हाड्रोपावरको सुरुङ भित्र वेपत्ता कामदारको शव तीन दिनपछि भेटियो
सोलुखुम्बु : सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ वेपत्ता कामदारको शव तीन दिनपछि भेटिएको छ। निर्माणधीन ८६ मेगावाटको उक्त हाइड्रोपावरको सुरुङमा गत बिहीवार ेदेखि वेपत्ता बाराको कोलभी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरीको शव शनिबार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार नेपाल प्रहरी, नेपाली सेना रर हाड्रोपावरका कर्मचारीहरुको तीन दिन देखिएको सकृयतापछि शनिबार दिउँसो करिब १६० मिटर तल शव भेटिएको हो। शवको उद्धार पश्चात कानुनी प्रकृया पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको छ।
विहिबार विहान अन्दाजी ५ बजे सुरुङ मार्गमा जाने क्रममा बकेट चुँडिदा हाड्रोपावरका कामदार चौधरी बेपत्ता भएका थिए भने अर्का कामदार पर्साको पटेरवा गाउँपालिका ४ का २० वर्षीय अंगत राय थारु घाईते भएका थिए। घाईतेको काठमाण्डौमा रहेको ग्रान्डी अस्पतालमा उपचार भइरहेको आयोजनाले जनाएको छ। थुलुङ दूधकोसी गाउँपालिका ३ पञ्चनमा निर्माणाधीन यस हाइड्रोपावरमा करिब एक महिनाको अवधीमा ३ जनाले ज्यान गुमाएका छन्। यस अघि गएको पुस ११ गते पानी परीक्षणका क्रममा पाइप विस्फोट हुँदा दुई इन्जिनियरको ज्यान गएको थियो भने एक जना घाइते भएका थिए।
प्रतिक्रिया दिनुहोस !