लागुऔषधसहित तीनजना पक्राउ

लागुऔषधसहित तीनजना पक्राउ

मलंगवा : सर्लाहीको विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । मलंगवाबाट कारमा लागुऔषध लिएर नवलपुरतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले सर्लाहीको कबिलासी नगरपालिका वडा नं. ८ बाट लालबन्दी ८ बस्ने ४३ वर्षीय अख्तर हुसैन र इश्वरपुर नगरपालिका ६ बस्ने ३६ वर्षीय अशोक लामालाई प्रहरीले पक्राउ गरेको हो। 

एच आर २६ बि एफ १८७६ नम्बरको कारमा जादैं गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा लुकाई राखेको अवस्थामा डाइलेक्स डिसी (१०० एम.एल.) ११ बोत्तल, नोफिन फेर्नगन ११ एम्पुल र हाइ टेक इन्जेक्सन ३ थान बरामद गरेको छ । 

प्रहरी चौकी अगाडी चेकजाँच गर्ने क्रममा हुसैनको साथबाट उक्त लागुऔषध बरामद गरिएको हो । लागुऔषध बरामद भएपछि हुसैन र कार चालक लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पक्राउ परेका हुसैन र लामासहित कारको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन् । त्यसैगरी जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटेको प्रहरी टोलीले सदरमुकाम मलंगवा वडा नं. ७ गणेशिया टोलबाट २० किलो ९ सय ग्राम लागुऔषध गाजा एकजना महिलालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जिल्ला मकवानपुर कैलाश गाउँपालिका वडा नं. ५ बस्ने ३० वर्षीया करिश्मा मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गणेशियामा चेक प्वाइन्ट थापी सवारी साधन र पैदल यात्रुलाई चेकजाँच गर्ने क्रममा मोक्तान सवार प्रदेश ०२–००१–ह १४०२ नम्बरको टेम्पुलाई चेकजाँच गर्दा लागुऔषध गाजासहित मोक्तानलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए। पक्राउ पर्ने मोक्तानलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.