चिनियाँ नयाँ वर्षले चहलपहल

चिनियाँ नयाँ वर्षले चहलपहल

पोखरा : कोरोना संक्रमण अघिसम्म पोखरा यो समय चिनियाँ पर्यटकले भरिभराउ हुन्थ्यो। नयाँ वर्षको छुट्टीका लागि चिनियाँको गन्तव्यस्थल पोखरा बन्ने गरेको थियो। पर्यटक आगमनका हिसावले अफसिजन मानिएको जनवरी, फ्रेब्रुवरी र मार्च महिना चिनियाँ पर्यटकका कारण पोखरा चलायमान बन्न थालेको थियो। 

यही कारण लेकसाइडमा चिनियाँ पर्यटक लक्षित होटल, रेस्टुरेन्ट सञ्चालनमा पनि चिनियाँ आकर्षण बढ्यो। चिनियाँ लगानीका रेष्टुरेन्ट र होटलहरू सञ्चालनमा आए। 

कोरोना महामारीमा पनि चिनियाँ व्यवसायी पर्यटन उद्योगले गति लिने विश्वासमा होटल तथा रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन्। त्यहाँ चिनियाँ नयाँ वर्ष मनाइएको छ। पोखरा उद्योग वाणिज्य संघको हलमा हुने नयाँ वर्षको कार्यक्रम लेकसाइडमा हुने गरेको छ। चिनियाँ साँस्कृतिक कार्यक्रम आयोजना गरेर नयाँ वर्ष मनाउने गरिएको छ। होटल संघ, रेवान पोखरा, टान, नाटा, पोखरा पर्यटन परिषद्लगायतका संघसंस्थाको सहकार्यमा चिनियाँ नयाँ वर्ष मनाउन थालिएको हो।

कोरोनापछि चिनियाँ पर्यटन व्यवसायीहरू आफै भेला भएर नयाँ वर्ष मनाउन थालेका छन्। साथीभाइ भेला भएर नयाँ वर्ष मनाउने गरेको ओभरसिज चाइनिज एशोसियसन पोखराका अध्यक्ष झानले बताए। कोरोना संक्रमण सुरु भएपछि चिनियाँ पर्यटक आउनै छाडेको दी ओल्ड लनहुवा रेस्टुरेन्टका म्यानेजर दावा शेर्पाले जानकारी दिए। गत जनवरी १५ देखि पर्यटन उद्योग शून्यमा झरेको रेवान पोखराका उपाध्यक्ष तथा होटल माउन्ट कैलाशका सञ्चालक नरेश भट्टराईले बताए। 

पर्यटन उद्योग फेरि चलायमान हुने विश्वासमा २५ करोड लगानीमा थप २२ कोठा बनाउन लागेको उनले बताए। चिनियाँ लगानीमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै गरेकाले पनि चिनियाँ व्यवसायी पोखराप्रति आकर्षित हुन सक्ने व्यवसायीहरू बताउँछन्। नेपालमा सन् २०२० मा १९ हजार दुई सय ५७ जना चिनियाँ पर्यटक आएका थिए।  सन् २०२१ मा त्यो संख्या घटेर ६ हजार एक सय ९६ मा सीमित 
भएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.