आगलागीबाट घर जलेर नष्ट

आगलागीबाट घर जलेर नष्ट

धनकुटा (अस) : धनकुटा–२ भीरगाउँस्थित ढाडेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय नविन राईको घरमा बिहीबार बिहान ११ बजे आगलागी हुँदा घर भित्रका लत्ताकपडा, भाडाकुँडासहित काठपातलगायत जलेर नष्ट भएको हो । आगलागीले ९ घार मौरी समेत जलेर नष्ट भएको घरधनी राईले बताए ।

 घरमा कोही नभएको बेला आगलागी भएको उनले बताए ।  गाईवस्तुलाई कुडो पकाउने चुलोबाट सल्किएको आगोले घर पूर्णरुपमा जलेर नस्ट भएको छ । स्थानीय छरछिमेकीहरुको सहयोगले पानी हालेर आगो नियन्त्रमा आएको थियो । लगभग एक घन्टा पछि आगो नियन्त्रणमा आएको थियो ।

 करिब एक लाख बराबरको क्षति भएको पीडित राईले बताए । घरमा आगो लाग्दा  मानवीय क्षति नभएको बताइएको छ। धनकुटा–२ का वडाध्यक्ष चन्द्रलाल तामाङले आगलागीबारे जानकारी नआएको बताए । यता पीडित राईले सबैजना आगो निभाउनतिर लागि परेकाले कतै जानकारी गराउन नपाएको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.