सुदूरपश्चिममा भारी वर्षासँगै हिमपात : यात्रु अलपत्र, किसान खुसी

सुदूरपश्चिममा भारी वर्षासँगै हिमपात : यात्रु अलपत्र, किसान खुसी

डडेल्धुरा : सुदूरपश्चिमका पहाडि जिल्लामा बिहीबार साँझदेखि परेको हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण तराई-पहाड आवातजावत गर्ने सावारी साधान बीच बाटोमै अलपत्र परेका छन् । हिमपात जारी रहेका कारण यातायात संचालन गर्न कठिनाइ भइरहेको छ । 

बिहीबारदेखि लगातारको हिमपातका कारण विभिन्न पहाडि राजमार्गमा सयौं यात्रु अलपत्र परेका छन् । मौषम बदली भइ लागातार भइरहेको हिमपातले जनजीवन कष्टकर हुनुका साथै यातायातका साधन बन्द हुँदा यात्रु अलपत्र परेका हुन् । 

हिमपातका कारण भिमदत्त राजमार्गको साउखर्क, हगुल्टे, गैरालगायतका क्षेत्रमा यात्रुहरु कष्ठकर जीवन यापन गरिरहेका छन् । हिमपातले बन्द रहेको राजमार्ग खुलाउन स्थानीय तहका डोजर प्रयोग गरिएको छ । 

जिल्लाको उच्च लेकाली भाग अनारखोली, भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा बाक्लो हिमपात हिमपात भएको  छ । लामो समय पछि डडेल्धुरामा माघ महिनामा हिमपात भएको स्थानीयले बताएका छन् । 

निरन्तर हिमपात भइरहेको छ। याततयात सुचारु गर्न डोजरको प्रयोग गरिएपनि बाटो खुलाउन नसकेको अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझाले जानकारी दिए। डडेल्धुरा सदरमुकाममा हिमपातमा स्थानीयहरु रमाउन थालेका छन् । बिहानैदेखि हिउँ खेल्नेको भीड लागेको छ। तेस्रो पटक भएको हिमपातले कृषक खुसी भएका छन्। खेति सप्रिने भएपछि किसान खुसी भएका हुन्।

गर्मी सुरु हुनै लाग्दा भएको हिमपातले पुनः चिसो बढेको छ । हिमपातसँगै उच्च लेकाली भेगसहित जिल्ला सदरमुकाम क्षेत्रमा अध्याधिक चिसो बढेको स्थानीय प्रमबहादुर महरले बताए। लगातारको हिमपातसँगै सेताम्मे भएका डाडापाखाँमा हिउँमा रमाउने युवायुवतीहरुको ताँती छ । हरेक वर्ष हुने हिमपातलाई पर्यटनका रुपमा डडेल्धुरालाई चिनाउन सके हिमपातको समयमा भारतीय तथा नेपाली पर्यटक तान्न सकिने स्थानीय बताउँछन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.