झरीले ३३ करोडको इँटा नष्ट
मलंगवा : हिउँदे झरीका कारण सर्लाहीमा ३३ करोड मूल्यको इँटामा क्षति पुगेको छ । सर्लाही इँटा उद्योग व्यवसायी संघका अनुसार पकाउन तयारी गरिएको काँचो इँटा गलेर नष्ट भएको हो ।
सबै उद्योगको इँटामा क्षति पुगेको संघका अध्यक्ष मेथुर चौधरीले बताए । सानो पुँजी हुने उद्योगीलाई उठिबास नै बनाएको चौधरीले सुनाए । ‘सुरु वा अन्त्यमा पानी परेको भए यति धेरै क्षति हुँदैन्थ्यो,’ अध्यक्ष चौधरीले भने, ‘अब बैंकको ऋण कसरी तिर्ने भन्ने नै समस्या भयो ।’
आफ्ना २ वटा उद्योगमा मात्रै पकाउन तयारी अवस्था राखेको ५० लाख काँचो इँटा गलेर नष्ट भएको उनले सुनाए । एउटा काँचो इँटा तयार गर्न ३ रुपैँया खर्च हुन्छ । यसको
दुई दिने झरीले इँटा उद्योगीलाई ठूलो धक्का दिएको संघका सचिव भगवान मैनालीले बताए । ‘मेरो पनि करिब ४ लाख काँचो इँटा गलेको छ । त्यो बनाउन लागेको लागत कहाँबाट तिर्ने तनावमा छु,’ मैनालीले भने, ‘अधिकांश उद्योगीले ऋण काढेर उद्योग सञ्चालन गरेका छौं । ऋण तिर्ने, मजदुरलाई कहाँबाट पैसा दिने समस्या भयो ।’
यो सिजनमा यसअघि कहिल्यै पानी नपरेको उद्योगीले बताएका छन् । ‘त्यसैले पानीबाट जोगाउन सकिएन,’ मैनालीले भने, ‘नसोचेको विपत्ति आइलाग्यो ।’ किसानलाई प्रकृतिले पनि ठगेको उनको भनाइ छ । जिल्लामा ९३ वटा इँटा उद्योग सञ्चालनमा छन् ।
प्रतिक्रिया दिनुहोस !