सोनमा गाँउपालिकाको कार्यालय दिनभरि नै तनावग्रस्त

सोनमा गाँउपालिकाको कार्यालय दिनभरि नै तनावग्रस्त

महोत्तरी : ग्याँस चुल्हाेँ वितरणमा विभेद गरिएको भन्दै स्थानीयहरुले महोत्तरीको सोनमा गाँउपालिका कार्यालय दिनभरि नै घेराउ गरेका छन्। गाँउपालिकाको कार्यालयले ग्याँस चुल्हो वितरणमा विभेद गरेको भन्दै स्थानीयले मंगलबार दिनभरि नै नाराबाजी गरेका थिए। 

जसको कारण कार्यालय परिसर तनावग्रस्त रहेको थियो। काम गराउन आएका सेवाग्राहीहरु रित्तै हात फर्किएका थिए। घेराउ गर्नका पुगेका वृद्धवृद्धा, महिला, युवाहरुले वितरण गरिएको सामग्रीको बिवरण पारदर्शीरुपमा सार्वजानिक गर्नुपर्ने माग राखेका थिए। 

गाँउपालिकाका अध्यक्ष राजकुमार यादवले ग्याँस चुल्हाँ, चापाकल, घाँस काट्ने मेसिन कार्यकर्तामुखीरुपले वितरण गरेको स्थानीय शैलेन्द्रकुमार यादवले आरोप लगाए। चुनाव नजिकमा आएको समयमा अध्यक्ष यादवले मनपर्दीरुपमा सो सामग्रीहरु वितरण गरेकोे यादवले बताए। उनले भने, ‘गाउँपालिका कार्यालयले पारदर्शीरुपमा सो सम्बन्धमा स्पष्ट धारणा बाहिर ल्याउनुपर्छ। तत्काल माग सम्बोधन नभए गाँउपालिकाको विरोधमा आन्दोलनको कार्यक्रम निरन्तररुपमा अगाडि बढ्नेछ।’ 

यसअघि अध्यक्ष यादवले बारम्बार पालिकाको तर्फबाट सम्बोधन गर्ने प्रयास गर्दा स्थानीयहरु हुटिङ्ग गर्दा परिस्थिती अझ विग्रिएको प्रहरी चौकी रघुनाथपुरका असई दिपेन्द्र जयसवालले बताए। बिवाद साम्य गर्ने क्रममा केही समय स्थिती तनावग्रस्त भएको जयसवालले जानकारी दिए। 

चालु आर्थिक वर्षको ३० लाख बजेटमार्फत पालिकाभरिका लोपोन्मुख, दलित समुदायलाई ग्याँस चुल्हो वितरण गरिएको गाँउपालिकाका अध्यक्ष राजकुमार यादवले बताएको छ। अध्यक्ष यादवले भने, ‘पालिकाबाट वितरण भएको सामग्रीमा कुनै किसिमको  भेदभाव गरिएको छैन्। वडा वडाबाट संकलित तथ्यांकको आधारमा नै सामग्री घरघरमा गई वितरण भएको हो।’ प्रति घरपरिवारलाई १ थानका दरले ३ सय ४० वटा ग्याँस चुल्हो वितरण गरिएको प्रमुख यादवले जानकारी दिएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.