जनअपेक्षा अनुसार विकास : मुख्यमन्त्री केसी

जनअपेक्षा अनुसार विकास : मुख्यमन्त्री केसी

दाङ : लुम्बिनी प्रदेश सरकारले चौथो स्थापना दिवस मनाएको छ। मंगलबार प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङमा स्थापना दिवस मनाएको हो।

चौथो स्थापना दिवसको अवसरमा प्रदेशमा मंगलबार सार्वजनिक विदासमेत दिइएको थियो। विगत दुई वर्षदेखि प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङमा मनाउँदै आइएको छ। प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यकामा विशेष कार्यक्रम गरी सरकारले स्थापना दिवस मनाएको हो।

स्थापना दिवसमा मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशलाई जनअपेक्षा अनुसार समृद्ध बनाउ अधिकतम प्रयास गरेको बताए। उनले पछिल्लो वर्ष सबै हिसाबले उपलब्धी मुलक वर्ष बनेको बताए। आगामी वर्षको सरकारका काम कार्यलाई प्रभावकारी बनाउनको लागि अझै प्रदेश सरकारले गति प्रदान गरी अगाडि बढाउने बताए।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशले जनताको आकांक्षाहरुलाई पूरा गर्नका लागि सरकार निरन्तर लागेको बताउँदै त्यसका लागि राजनीतिक एकता र सहकार्यको आवश्यक रहेको बताए। लुम्बिनी प्रदेश सरकारको ३ वर्ष राजनीतिक हिसावल एकल जस्तो भएपनि पछिल्लो एक वर्ष नयाँ राजनीतिक सहकार्यको आधारमा सरकार निर्माण र सञ्चालन भएको बताए। उनले सरकारले प्रदेशबासीको गास, बास, कपास, शिक्षा स्वास्थ्य लगायत सबैपक्षको सुधारका गर्नका लागि निरन्तर प्रतिवद्ध रहेको बताए ।

प्रदेश सरकारले स्थापना दिवसको अवसरमा प्रदेशमा रहीँ विभिन्न क्षेत्रमा सेवा गर्दै आएका ५७ जनालाई विभिन्न पदकबाट सम्मानित गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.