काङ्ग्रेस गोरखाले जनप्रतिनिधिसँग माग्यो कामको फाँटबारी

काङ्ग्रेस गोरखाले जनप्रतिनिधिसँग माग्यो कामको फाँटबारी

गोरखा : एक कार्यकाल समाप्त भएर नयाँ चुनाव घोषणा भएपछि नेपाली काङ्ग्रेस गोरखाले स्थानीय तहका जनप्रतिनिधिसित बिगत पाँचबर्षभरि गरेको कामको फाँटबारी माग गरेको छ। 

कार्यकाल दोहोर्याउन चाहनेलाई पुनः उम्मेद्वार बनाउने आधारका लागि र नयाँ उम्मेद्वारका लागि चुनाव प्रचारमा जाने आधार तयार गर्न कार्यकालभरि गरेको कामको प्रगति विवरण मागिएको पार्टी सभापति नन्दप्रसाद न्यौपानेले बताए।

शनिबार गाउँपालिका तथा प्रदेशसभामा प्रतिनिधित्व गरेका जनप्रतिनिधिसित प्रगति विवरण लिइएको र आइतबार वडाअध्यक्षहरुसित प्रगति विवरण माग गर्ने कार्यक्रम रहेको न्यौपानेले बताए। नयाँ चुनावको मिति घोषणा भइसकेको अबस्थामा यसअघि विजयी जनप्रतिनिधिले आफ्नो अभिभारा पूरा गरे वा चुके भन्ने बारेमा शनिबार समीक्षा गर्नु जरुरी रहेको उनले बताए।

कांग्रेस जिल्ला कार्यसमितिले शनिबार आफ्नो पार्टीले नेतृत्व गरेका दुईवटा नगरपालिका र सातवटा गाउँपालिकाका प्रमुख, उपप्रमुखहरुसित लिखित प्रगति विवरण माग गरेको थियो। साथै मुख्य–मुख्य सफल कार्यक्रमहरु मौखिक रुपमा प्रस्तुत गर्न लगाइएको जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले जानकारी दिए। 

‘कांग्रेस जनताप्रति उत्तरदायी पार्टी हो, तर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पार्टीको मर्म र भावनाअनुसार काम गरे वा गरेनन् भनेर पुनरावलोकन गर्नु पार्टी नेतृत्वको दायित्व हो’, सभापति न्यौपानेले भने, ‘त्यसैले कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तथा प्रदेशसभाका सांसदहरुलाई मैले निमन्त्रणा गरेर प्रगति विवरण पेश गर्न भनेको थिएँ। उहाँहरु सबैजनाले मौखिक तथा लिखित रुपमा पेश गर्नुभएको प्रगतिविवरण सर्सर्ती हेर्दा, सुन्दा सन्तोषजनक नै लागेको छ।’ जनप्रतिनिधिले पेश गरेको प्रगति विवरण धरातलीय यथार्थमा आधारित छ वा छैन भन्ने बारेमा फेरि आफूले मिहिन तवरले अध्ययन गर्ने उनले बताए। ‘जनप्रतिनिधिले जनउत्तरदायी काम गरेको दाबी गरिरहँदा जनतालेचाहिँ कस्तो महशुस गरे? त्यो पनि हामी बुझ्छौँ’, उनले भने। 

निर्वाचन नजिकिदै गरेको अबस्थामा अधिकांश जनप्रतिनिधिले फेरि कार्यकाल दोहोर्याउन चाहिरहेको अबस्थामा यस्तो कार्यक्रम गर्नु अर्थपूर्ण रहेको सभापति न्यौपानेले बताए। ‘यो कार्यक्रम गर्नुको दुईवटा उद्देश्य छ’, उनले भने, ‘जनउत्तरदायी पार्टीले जनउत्तरदायी काम गर्यो कि गरेन भनेर समीक्षा गर्नु एउटा उद्देश्य हो भने, सो जनप्रतिनिधि फेरि जनतामाझ जानु उचित छ कि छैन भनेर मूल्यांकन गर्नु अर्को उद्देश्य हो। कुन व्यक्ति कुन पदमा निर्वाचित भयो भन्नेकुरा जनतालाई सरोकार छैन। कसले के सेवा प्रवाह गर्यो? भन्नेकुरा जनता विश्वास गर्छ  त्यसैले हामीले यस्तो कार्यक्रम गरिएको हो।’ आइतबार कांग्रेसले जितेका वडाका वडाअध्यक्षसित प्रगति विवरण माग गरिने कार्यक्रम रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.