देउता रिसाउने डरले महिनावारी  हुँदा स्कुल जाँदैनन शिक्षिका

देउता रिसाउने डरले महिनावारी  हुँदा स्कुल जाँदैनन शिक्षिका

बाजुरा : बडिमालिका नगरपालिका ८ मा रहेको श्री जनप्रकाश आधारभूत विद्यालय रतुडामा महिनावारी हुँदा शिक्षिका विद्यालय नजाने गरेको पाइएको छ ।स्थानीयका अनुसार रतुडामा रहेको विद्यालय देउताको ओहोर -दोहोर गर्ने मुख्य बाटोमा रहेकाले महिनावारी भएको समयमा देवता रिसाउने भन्दै विद्यालय नजाने गरेको शिक्षिका नीरा बिष्ट बताइन्। 

कक्षा ३ सम्म सञ्चालनमा रहेको विद्यालयमा २ जना शिक्षिका र १ जना शिक्षक गरी ३ जना  छन् । दुबैजना शिक्षिका महिनावारी हुँदा पाँच दिनसम्म विद्यालय जाँदैनन्। महिनामा दुईजना शिक्षिका दश दिन विद्यालय आउँदैनन् भने  महिनावारीकै कारण वर्षमा १ सय २० दिन अनुपस्थित हुने गरेका छन् ।

शिक्षिका नियमित स्कुल नआएपछि बालबालिकाको पढाइै नै प्रभावित हुने गरेको गोरख बहादुर अयडीले बताए । शिक्षिका नीरा बिष्टले महिनावारी भएको समय विद्यालय अनुपस्थित हुने गरेको स्वीकार गरिन्। उनले भनिन्,' स्थानीय महिला कोही पनि यो ठाउँमा आउँदैनन् । यो ठाउँ देवतको थली हो महिनावारी भएको समय आए अनिष्ट हुन्छ भन्छन्।'

आफूलाई पनि डर लागेर नआउने गरेको नीराले बताइन् । बडिमालिका नगरपालिकाकी उपप्रमुख कबिता बिष्टले यो विषय विगतदेखि नै छलफलमा रहेकाले  देवताका धामी पुजारी ,स्थानीय र महिला सबैलाई सामूहिकरुपमा राखेर यसको समाधान खोज्नु पर्ने उनले बताइन् । 

स्थानीय महिला तथा शिक्षिकाहरुले पनि आउने आँट नगरेको  उपप्रमुख बिष्टले बताइन् । अब चाँडै सामूहिक छलफलका माध्यमबाट समस्याको समाधान गर्नतर्फ लाग्ने उपप्रमुख बिष्टले बताइन् । आइतबार बडिमालिका नगरपालिकाकी उपप्रमुखको संयोजगत्वमा अनुगमनका क्रममा महिनावारी भएको समयमा शिक्षिका विद्यालयमा अनुपस्थिति हुने गरेको पाइएको हो ।

 फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवसको दिन बडिमालिका नगरपालिका ८ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने उद्देश्यका साथ अनुगमा टोली गएको उपप्रमुख बिष्टले बताइन् । प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरेर मनाउने गरेको भएपनि यो वर्ष नारी हिंसा, स्वास्थ्य र अन्धविश्वासका रुपमा रहेको छाउपडी प्रथा छाउगोठ मुक्त वडा घोषणसँगै अन्य कार्यक्रम मनाउने सोचका साथ काम थालिएको उपप्रमुख बिष्टले बताइन् ।

 यो भन्दा पहिला बडिमालिका नगरपालिकाका ३, ४, ५, ६ र ९ वडा छाउगोठ मुक्त घोषण गरी सकेका छन, भने बाकी १, २, ७ र ८ घोषणको अन्त्तिम तयारीमा रहेको बिष्टले बताइन् ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.