छोरी बलात्कार गर्ने बावुलाई  ३५ वर्ष जेल

छोरी बलात्कार गर्ने बावुलाई  ३५ वर्ष जेल

दैलेख : आफ्नै छोरी बलात्कार गरेको घटनामा संलग्न दैलेखका एकजनालाई ३५ वर्ष जेल सजाय सुनाइएको छ  । दैलेख जिल्ला अदालतले १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसूरमा ३६ वर्षीय बावुलाई ३५ वर्ष कैद, पीडित बालिकालाई एक लाख रुपैयाँ क्षतिपूर्ति र दुई हजार आठ सय रुपैयाँ पीडित राहत कोषमा योगदान गर्नुपर्ने सजायको फैसला सुनाएको छ ।

सोमबार जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको एकल इजलासले छोरीलाई हाडनाता करणी कसूरमा २५ वर्ष र बलात्कार कसूरमा १० वर्ष कैद समेत गरी ३५ वर्ष कैदसंगै कसूरदारले क्षतिपूर्ति र नेपाल सरकारको पीडित राहत कोषमा उक्त रकम भराउनुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिए । 

२०७८ साउन २८ गते १७ वर्षीया छोरीलाई आफ्नै बुबाले बलात्कार गरेको भन्दै २०७८ मङ्सिर ९ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीका आधारमा प्रहरीले सोहि दिन ती पुरुषलाई घरबाटै पक्राउ गरेको थियो । पीडित पक्षको उजुरी, पीडित बालिकाको बयान लगायतको प्रमाणका आधारमा प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकील कार्यालयले २०७८ पुस ४ गते दैलेख जिल्ला अदालतमा हाडनाता करणीसम्बन्धी अभियोग दर्ता गराएको थियो । 

अभियोग सम्वन्धमा पुस ६ गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेकै इजलासबाट कसूरदारलाई पुर्पक्षका लागि थुनामा राख्न दैलेख कारागारमा पठाइएको थियो । पीडित बालिकाले आफू माथि तीन वर्षदेखि पटक–पटक बलात्कार भएको भनी प्रहरीमा दिएको उजुरीको व्यहोरा अदालतले लिइएको वकपत्रमा दोहोर्‍याएर बयान दिएकी थिइन् ।

 पछिल्लो पटक २०७८ साउन २८ गते बलात्कार भएको र भदौ १ गते पुनः बलात्कारको प्रयास गरेपछि ती बालिका प्रतिवाद गरेर घरबाटै भागेकी थिइन् । घरबाट भागेर उनि गाउँ नजिकै बजारको एक होटलमा झण्डै एक महिना भाँडा माझ्ने गरिन् । त्यसपपछि उनी सुर्खेतस्थित आफन्तको शरणमा पुगेकी थिइन् ।

आफन्तको शरणमा रहेकी ती बालिकाले घर छोडेको तीन महिनापछि एक गैरसरकारी संस्थाले आयोजना गरेको युवा सचेतना तालिममा सहभागी भएको बेला तालिम सहजकर्ता अधिवक्ता गीता कोइराला र इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रलेख अधिकृत टिका बिष्टलाई २०७८ मंसिर ५ गते आफू बावुबाट पटकपटक बलात्कृत हुँदै आएको जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो ।  

पीडित बालिकाले कानुनी उपचारमा जाने निणर्य गरेपछि इन्सेकले न्यायिक प्रक्रियाका लागि पाँच हजार रुपैयाँ सहयोग समेत गरेको थियो । इन्सेकको समन्वयमा दैलेखस्थित सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको महिला तथा बालबालिका सेवा केन्द्रले कानूनी सहयोग र कानूनी प्रक्रिया अवधिका लागि पीडित बालिकालाई करिब एक महिना आपत्तकालिन आवास गृहमा संरक्षण दिएको थियो । 

कानूनी प्रक्रिया सुरु भएपछि कमाउने बावुलाई थुनाएको भन्दै पीडित बालिकाको घरका बाजेबज्यै र आफन्तले असहयोग गर्न थालेपछि ती बालिका मावली घरका बाजेबज्यैको संरक्षणमा कक्षा १२ को नियमिततर्फको पढाइ निरन्तरता दिएकी छन् । पीडित बालिका मावलीमा बस्दै  आएकी छन्। ३५ वर्षीया आमाको साथमा क्रमशः १४ र १० वर्षीया बहिनी र ५ वर्षीय भाइ छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.