टिपर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाईते

टिपर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाईते

डडेल्धुरा : डडेल्धुरा सदरमुकाम नजिक टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टिपर चालक अजयमेरु गाउँपालिकाका करिब २३ वर्षीय दिपकसिंह ऐर रहेको डडेल्धुरा प्रहरीले जनाएको छ।

शनिबार अपरान्ह अमरगढी नगरपालिका–५ बगरबाटास्थित रानिधाराको भिरबाट सुप ००१ क १८७९ नम्बरको टिपर दुर्घटना भएको हो। उत्त टिप्परमा २ जना सवार रहेको बताइएको छ। 

जिल्ला सदरमुकामको किर्तिपुर बजारबाट बागबजारतिर जानेक्रममा उक्त टिपर सदरमुकाम नजिक रानाधारा भिरमा दुर्घटना भएको हो। दुर्घटनामा सहचालक १६ वर्षीय अशिम चौधरी घाइते भएका छन्। घाईते सहचालकको खुट्टा र छातिमा चोट लागेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

टिपर ब्याक गर्दा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.