प्रतिष्ठानमा शैक्षिक कार्यक्रमको तयारी : पाठ्यक्रम स्वीकृत, यसै वर्षदेखि पढाई
दाङ : दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थापना भएको ५ वर्षपछि शैक्षिक कार्यक्रम सञ्चालनको तयरी गरेको छ। बीएस्सी नर्सिङ, बीएनएस, स्नातक अफ फार्मेसी कक्षा सञ्चालन गर्ने गरी तयारी गरिएको र पाठ्यक्रमसमेत स्वीकृत भइसकेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा बसन्त लामिछानेले बताए।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो उद्देश्य अनुरुप स्वास्थ्य उपचार सेवाको साथै शैक्षिक कार्यक्रम सञ्चालनको लागि यहीँ शैक्षिक सत्र देखि शैक्षिक पठनपाठन सुरु गर्ने गरी तीन संकायको पाठ्यक्रम तयार भई स्वीकृत भइसकेको छ।
पाठ्यक्रम स्वीकृत गरे लगत्तै चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानको स्थलगत अवलोकन गरेको छ। यस्तै आयोगले अस्पतालको पूर्वाधार विकाससहित प्रदान हुने सेवा सुविधा, आवश्यक जग्गाका बारेमा अनुगमन गरेको थियो।
आयोगको अनुगमनपछि प्राप्त सल्लाह सुझावका आधारमा प्रतिष्ठानमा संचालित कार्यक्रमको लागि सैख्या निर्धारण हुने शिक्षाध्यक्ष डा लामीछानेले बताए।
चिकित्सा शिक्षा आयोगबाट नर्सिङतर्फ प्रा मन्दिरा वन्त, फार्मेसिको तर्फ प्राडा धर्मप्रशाद खनाल, आयोगबाट कृष्ण पौडेल, प्रतिष्ठानका उपकुलपती डा बिकास लामीछाने, शिक्षाध्यक्ष डा बसन्त लामिछाने रजिस्ट्रार प्रकाश थापा, डिन डा सागर पन्थी, अस्पताल निर्देशक डा प्रज्ञा बस्नेत, सहायक निर्देशक डा एञ्जिलिका कार्कीसहितको टोलीले स्थलगत अध्ययन गरेको थियो।
प्रतिक्रिया दिनुहोस !