बन्दका कारण पोखराको जनजीवन प्रभावित
पोखरा : मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)पारित भएको विरोधमा विभिन्न राजतीतिक पार्टीले आह्वान गरेको बन्दका कारण पोखराको जवजीवन पनि प्रभावित भएको छ।
पोखराका मुख्य बजार महेन्द्रपुल, न्यूरोड, नयाँबजार, पृथ्वीचोक लगायत बजार बन्द छन्। निजी सवारी, मोटरसाइकल, अतिआवश्यक सामाग्री बोक्ने सवारी चलेका छन्। लामो दुरीका सवारी साधान भने फाट्फुट्ट चलेका छन्। बन्दका कारण विद्यालय र कलेजहरु भने बन्द रहेका छन्।
बन्द आह्वान गरेका राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता सडकमा झण्डा बोकेर नाराबाजी गर्दै हिँडेका छन्।

प्रतिक्रिया दिनुहोस !