डडेल्धुरामा जीप दुर्घटना : १६ जना घाइते, तीनको अवस्था गम्भीर

डडेल्धुरामा जीप दुर्घटना : १६ जना घाइते, तीनको अवस्था गम्भीर

डडेल्धुरा  : डडेल्धुराको नवदुर्गा गाउँपालिका- १ कोटेलीबाट जिल्ला सदरमुकाम बगबजार आउँदै गरेको जीप दुर्घटना भएको छ। दुर्घटनामा १६ जना घाइते भएको प्रहरीले जनाएको छ।  से१ ज ४०१ नं को जीप केआइसिंह राजमार्गको युटर्न मोड नजिक दुर्घटनामा परेको हो।

घाइते हुनेमा अधिकांश महिला र बालबालिका छन् । घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । यात्रुहरु  काम विषेश र शिवरात्री मेला भर्न सदरमुकाम आउँदै थिए।
जीपमा कति जना सवार थिए भन्नेबारे एकिन भएको छैन ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । अन्यलाई समान्य चोटपटक लागेको छ । उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक केवी साउदले  क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको हुनसक्ने बताए। दुर्घटनाको कारणबारे थप अनुसन्धान हुने प्रहरी निरीक्षक साउदले बताए

उनका अनुसार चालक प्रहरीको सम्पर्कमा आएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.