मटिहानीमा ४० लाखको लागतमा मस्जिदको निर्माण
महोत्तरी : महोत्तरीको मटिहानीमा ४० लाखको लागतमा मस्जिदको निर्माण भएको छ। मटिहानी नगरपालिका वडा नं. ६ पश्चिम टोलमा मुश्लिम धर्मावालम्वीको लागि ४० लाख रुपैयाँ खर्चिएर अत्याधुनिक पूर्वाधारसहितको मस्जिदको निर्माण गरिएको हो।
महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधीसभा सदस्य महन्थ ठाकुरको संसदीय साझेदार पूर्वाधार विकास कार्यक्रम र स्थानिय मुश्लिम समुदायको संयुक्त लगानीमा सो मस्जिदको निर्माण भएको हो।
मस्जिद निर्माणले मुस्लिमहरुलाई धार्मिक कार्य गर्नका लागि चौतर्फीरुपमा सहयोग पुग्ने नगरप्रमुख हरिप्रसाद मण्डलले बताए। मुस्लिमहरुको भगवान अल्लाहको घर एवं आस्थाको केन्द्रको रुपमा रहेको मस्जिद विकासले नगर चौतर्फीरुपमा विकासको पथमा अगाडि बढेको आभास भएको नगरप्रमुख मण्डलको धारणा रहेको छ।
प्रतिक्रिया दिनुहोस !