सुदूरपश्चिमकै मौलिक गोकुलेश्वर मेला (फोटो फिचर)

सुदूरपश्चिमकै मौलिक गोकुलेश्वर मेला (फोटो फिचर)

काठमाडौं : कोरोना कहरमा पनि नरोकिएको सुदूरपश्चिम प्रदेशकै मौलिक गोकुलेश्वर महाशिवरात्रि मेला यस वर्ष पनि सधैं‌का वर्षजस्तै फागुन महाशिवरात्रिका दिनदेखि दार्चुलास्थित शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरमा लागेको छ।

एक सातासम्म लाग्ने मेलाको पहिलो दिन भगवान शिवको पूजाआराधनासँगै सुरु हुने गरेको छ। धार्मिक, व्यापारिक, सामाजिक, मौलिक, सांस्कृतिक र मनोरन्जनात्मकरुपमा सुदूरपश्चिम प्रदेशमै सर्वाधिक रुचाइएको यस मेलाको सुरुवातको यकिन समय नभए पनि विस‌ं १९९५ यता शुभारम्भ भएको स्थानीयहरु बताउँछन्।

आफन्त, इष्टमित्र तथा साथीभाइहरुसँग भेट्ने उद्देश्यका लागि स्थानीयहरुलाई आमन्तण गरी भोज खुवाएर सुरुवात गरिएको मेलामा अहिलेसम्म आइसक्दा दिनहुँ हजारौं मानिसहरुको भीडभाडका साथै छिमेकी देश भारतका साथै भौगोलिकरुपमा टाढा पर्ने जुम्लासम्मबाट पनि मेलामा आइ आफ्नो मौलिक व्यापार व्यवसाय गर्ने गर्छन्।

गाडीमा टाढाको यात्रा पार गरेर गोकुलेश्वर आउनु कष्टकर भए पनि धेरै निर्माणाधीन गोकुलेश्वरको विमानस्थल सञ्चालनमा आए अझ बढी मेला हेर्न आउनेको भीड बढ्ने स्थानीय बाशुदेव जोशी बताउँछन्।

स्थानीय उत्पादन र मौलिक सामाग्रीहरू पाउनका लागि प्रमुख रहेको यस मेलामा भारतको मद्राशबाट आउने भारतीयहरुले बनाएको मद्राशी मिठाईका लागि पनि प्रख्यात रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.