भंगहा नगरपालिकामा बिहीबार सार्वजनिक विदा

भंगहा नगरपालिकामा बिहीबार सार्वजनिक विदा

महोत्तरी : महोत्तरीको भंगहा नगरपालिकाले विहीबार सार्वजनिक विदा दिएको छ। मिथिलाको प्रसिद्ध माध्यमा परिक्रमा भंगहा नगरपालिकाको कन्चनवनमा आउने यात्रीहरुको स्वागतका लागि नगरभरिमा एक दिनको लागि सार्वजनिक बिदा दिएको हो।

१५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सातौं दिन बिहीबार कञ्चनवनमा विश्राम गर्ने हुँदा नगरभर सार्वजनिक बिदा दिइएको नगरप्रमुख संजिव साहले जानकारी दिए । बिहीबार भंगहा नगरकार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य चौकी(इमरजेन्सी सेवाबाहेक), विद्यालय र सार्वजनिक संघ–संस्था बन्द रहने सूचना जारी गरिएको छ।

बुधबार महोत्तरीको धुव्रकुण्डमा विश्राम गरेका यात्रीहरु भोलि बिहानै कञ्चनवन आउने भएका छन्। राति यहाँ विश्राम गरेपछि यात्रीहरु शुक्रवार विहानै धनुषा प्रवेश गर्ने भएका छन् ।

कञ्चनवनमा होली महोत्सव हुँदै

गतवर्ष झै यसवर्ष पनि कञ्चनवनमा ‘होली महोत्सव’को आयोजना हुने भएको छ।

मिथिला मध्यमा परिक्रमा हरेकवर्ष यात्रीहरु एकआपमा रंग अविर दलेर होली मनाउने गरिन्छ। पौराणिक कालमा यहाँ भगवान राम र माता सीताले होली खेलेको स्मरणमा यहाँका आउने परिक्रमाकायात्रीहरु होली मनाउने गरेको परम्परा रहेको छ।

धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित कचुरी मठबाट डोलासहित परिक्रमा यात्रीहरु हनुमानगढीमा प्रस्थान गरेपछि मिथिला परिक्रमा आरम्भ भएको मानिन्छ।

यस अघि महोत्तरीकै मटिहानी नगरपालिकाले परिक्रमा यात्रीहरुका लागि सार्वजनिक विदा दिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.