महोत्तरीमा सवारी दुर्घटना, १ को मृत्यु, ३ जना घाईते

महोत्तरीमा सवारी दुर्घटना, १ को मृत्यु, ३ जना घाईते

महोत्तरी : महोत्तरीमा विभिन्न स्थानमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु हुनुको साथै ३ जना घाईते भएका छन्। विहीबार दिउँसो १ बजेको समयमा  गौशाला सम्सी सडकखण्ड अन्र्तगत कठुधारमा भएको सवारी दुर्घटनामा परि गौशाला नगरपालिका २ का ४० वर्षिय रामपुनित ठाकुरको मृत्यु भएको हो।

सम्सीतर्फ जाँदै गरेको प्र.२–०२–००३ प.५१५९ नं. को मोटरसाईकल र विपरित दिशातर्फबाट आउँदै गरेको ना. ५ ख ७७२७ नं. को ट्रक एकआपसमा ठक्कर खाँदा मोटरसाईकल चालक ठाकुर घाईते भएका थिए । उनको तत्काल उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएएकोमा त्यहाँ उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमको लागि सोहि अस्पतालमा राखिएको छ।

त्यस्तै सोही मोटरसाईकलमा पछाडी सवार निजकै श्रीमती ३८ वर्षिया उर्मिला ठाकुर घाईते भएकी छिन्। उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा उपचार भई रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए। ठक्कर दिने मोटरसाईकल, ट्रक र चालक ईलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा राखि प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको डिएसपी विष्टले जानकारी दिए ।

त्यस्तै रामगोपालपुर नगरपालिका-६ स्थित बिसम्बरपुरबाट सम्सितर्फ जाँदै गरेको  ज १ ह २९८९ नं. को टेम्पो र विपरित दिशातर्फबाट आउँदै गरेको वीरआर ३० एम ७९२६ नम्बरको मोटरसाकल एक आपसमा ठोक्किदाँ मोटरसाईकल चालक सितामढी जिल्ला कानवा ग्रामपञ्चायत वार्ड नं.४ को वर्ष ५१ को महेन्द्र साह घाईते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भई रहेको छ।

त्यस्तै आजै दिउँसोको समयमा जलेश्वर नगरपालिका-६ बासोपट्टीस्थित नैन्हीबाट जलेश्वरतर्फ जाँदै गरेको ज १३ प २२३५ नं. को मोटरसाईकलले स्थानीय अमजद अंसारीको ४ वर्षिया छोरी शालिना खातुनलाई ठक्कर दिएका हुन। बाटोमा खेली रहेको अबस्थामा ठक्कर दिदा घाईते भएकी वालिकाको शान्ति नर्सिङ होम जलेश्वरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

वाल पेन्ट गर्ने क्रममा मजदुर घाईते

महोत्तरीको बर्दिबास नगरपालिका-१ स्थित रहेको ओम शंकर साहको ३ तला घरको वालमा “तान्सेन सिमेन्टको ” प्रचार–प्रसारको लागि  वाल पेन्ट गर्ने क्रममा एक जना घाईते भएका छन्। छेउमै रहेको विद्युत हाईटेन्सन लाईनको असरले भारत लक्ष्मीपुर ग्रामपञ्चायत बस्ने वर्ष १९ को मोहम्मद सलिम घाईते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। घाईतेको वर्दिवासस्थित शुभ–स्वास्तिक अस्पतालमा उपचार भईरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.