सोलुखुम्बुको गोराखानीमा शंकास्पद वस्तु भेटियो

सोलुखुम्बुको गोराखानीमा शंकास्पद वस्तु भेटियो

सोलुखुम्बु : सोलुखु्म्बुको गोराखानीमा शंकास्पद वस्तु फेला परेको छ। जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीको एक जंगलमा बम जस्तो देखिने बस्तु भेटिएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक ओमप्रकाश यादवका अनुसार बिहीबार साँझ वडा कार्यालयबाट करिब एक किलोमिटर दक्षिणतर्फको जंगलमा कालो प्लाष्टिकमा बेरिएको अवस्थामा तार सहितका बस्तु भेटिएको हो। 

घटनास्थललाई स्थानीय प्रहरीले सुरक्षित राखेको छ भने शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ओम प्रकाश यादवको कमाण्डमा प्रहरी टोली खटिएको छ। उक्त शंकास्पद वस्तु निस्कृय गर्न ओखलढुंगाबाट नेपाली सेनाको बम डिस्पोजल टोली झिकाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.