चुनढुंगा उत्खननमा रोक

चुनढुंगा उत्खननमा रोक

दाङ : दाङको बंगलाचुली गाउँपालिकाले चुनढुंगा खानी उत्खननमा रोक लगाएको छ। सिमेन्ट उद्योगले सहमति कार्यान्वयन नगरेको भन्दै खानी बन्द गरेको हो।यहाँको चुनढुंगा घोराही, अग्नि र सम्राट  सिमेन्ट उद्योगले प्रयोग गर्दै आएका छन्।

उद्योगले पालिकासँग गरेका सम्झौता कार्यान्वयन गरेपछि मात्रै खानी सञ्चालन हुने पालिका अध्यक्ष भक्तबहादुर वलीले बताए। अहिले त्यहाँबाट चुनढुंगा ओसार्ने कार्य ठप्प भएको छ।पालिकाले चुनढुंगा ओसार्न रोक लगाएपछि एक हप्तादेखि उद्योग बन्द भएको घोराही सिमेन्टले जनाएको छ। खानी रहेको क्षेत्रदेखि घोराहीसम्म ३० किलोमिटर सडक कालोपत्रे भएको महिना दिन नहुँदै भत्किएको छ।

सडक धुलाम्य हुन थालेपछि पालिकाले खानी नै बन्द गरेर ट्रिपर सञ्चालनमा रोक लगाएको हो।कालोपत्रे गर्ने जिम्मा लिएका व्यवसायी, घोराही सिमेन्ट उद्योगले अझैसम्म काम सुरु नगरेको पालिकाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.