होरैया गीतमा झुमे जनप्रतिनिधि

होरैया गीतमा झुमे जनप्रतिनिधि

महोत्तरी : मधेश प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साह सार्वजानिकरुपमा मन्चमै ढोलकमा ताल दिँदै होरैया गीत (होलीको गीत)को धुनमा झुमेका छन्। संचारमन्त्री साहलाई साथ दिएर प्रदेशसभा सदस्य शारदादेवी थापा, गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतो, औरही नगरपालिकाका नगरप्रमुख सुनिल कुमार यादव, रामगोपालपुर नगरपालिकाका नगरप्रमुख अशोक कुमार मण्डल लगायतका नेता कार्यकर्ताहरु होरैया गीत गाएका हुन्।

शनिबार रेडियो रुपान्तरण गौशालाले आयोजना गरेको रुपान्तरण होली महोत्सव समारोहकाबीच जनप्रतिनिधिले पारम्परिक मैथिली होली गीत गाँउदै झुमेका हुन्। जनप्रतिनिधिले गीत गाँउदा होरैया (होलीको गीत गाउने) टिमले बाजा बजाएका थिए। जसले गर्दा त्यो पल वास्तवमै मधुमार्य बनेका थिए।

गीतमा प्रयोग भएका शब्दको वर्णन गर्दै ती मन्त्री साहले होली खेल्ने क्रममा सभ्यता र परम्परालाई कायम हुने किसिमको माहौल बनाउनका लागि दर्शकसमक्ष आग्रह गरेका थिए। मन्त्री साहले भने, ‘हामीले आफनो संस्कारलाई बचाउनुपर्छ। जसका लागि हामीले द्धिअर्थ आउने शब्दले निर्मित गीत नभई मौलिकतामा आधारित गीत संगितले होली पर्वलाई सजाउनुपर्छ। ज्येष्ठ नागरिकले भावी पुस्तालाई यस्ता परम्परालाई कायम राख्नका लागि सान्दर्भिक भुमिका निर्वाह गर्नुपर्दछ।’

युवाले समाज रुपान्तरणको लागि अहम भुमिका निर्वाह गर्दै आएकोले रंगहरुको पर्व होलीलाई कसैले पनि बेरंग बनाउन नहुने प्रदेशसभा सदस्य शारदादेवी थापाले तर्क राखेकी हुन्। थापाले भनिन्, ‘परम्परालाई हामी सबैले जोगाउनुपर्दछ। यसको नेतृत्व युवावर्गले लिनुपर्दछ भने माथिल्लो पुस्ताले यसलाई समयमै हस्तान्तरण गर्नुपर्छ।’  

सोहीबीच पूर्वसविधानसभा सदस्यद्वय रन्जना माझी, वुधनीदेवी महतो, गौशाला नगरप्रमुख शिवनाथ महतो, औरही नगरप्रमुख सुनिलकुमार यादव, रामगोपालपुर नगरपालिका प्रमुख अशोककुमार मण्डललगायत विभिन्न राजनीतिकदलका नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो।

सहभागी टिमलाई ढोलक पुरुस्कार

होरैया गीत गाउनका लागि सहभागी जनाएका ६ वटा टिमलाई पुरुस्कृत गरिएको छ। सहभागी ६ वटै टिमलाई नेकपा एमालेका नगरअध्यक्ष अजय कुमार कुशवाहाले एक एक वटा ढोलक प्रदान गरेका थिए। त्यस्तै उनीहरुलाई रेडियो रुपान्तरणले सम्मानपत्रले सम्मानित गरेको थियो।  

रुपान्तरण मिडिया प्रालिद्धारा संचालित रेडियो रुपान्तरणले विभिन्न समयमा सांस्कृतिक धरोहरको रक्षार्थ विविध सांस्कृतिक कार्यक्रम अन्र्तगत यसवर्ष पनि होली महोत्सव प्रर्दशन गरिएको रेडियोका अध्यक्ष नागेन्द्र साहले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.