भीरकोट बन्यो स्याङ्जाकै सर्वोत्कृष्ट नगरपालिका

भीरकोट बन्यो स्याङ्जाकै सर्वोत्कृष्ट नगरपालिका

स्याङ्जा : स्याङ्जाका ११ वटा पालिकामध्ये भीरकोट नगरपालिका सर्वोत्कृष्ट बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा यहाँका १० पालिकालाई उछिन्दै भीरकोट सर्वोत्कृष्ट बनेको आयोगको प्रतिवेदनमा उल्लेख छ।

योसंगै पुतलीबजार नगरपालिकाले सबैभन्दा कम अंक छ। गाउँपालिकामा भने कालीगण्डकीको सबैभन्दा धेरै र अर्जुनचौपारीको सबैभन्दा कम अंकभार छ। वित्तीय समानीकरण अनुदान सिफारिसका आधारमा गरिएको कार्यसम्पादन मूल्यांकनमा भीरकोटले सबैभन्दा धेरै ७२ दशमलब ४६ अंकभार छ। यहाँका ५ नगरपालिकामध्ये पुतलीबजारको सबैभन्दा कम ५८ दशमलब ९५ अङ्क छ।

चापाकोट नगरपालिकाले ६५ दशमलब ५४, वालिङ नगरपालिकाले ६४ दशमलब ५३ र गल्याङ नगरपालिकाले ६२ दशमलब ६४ अङ्क ल्याएका छन्। यसैगरी, छ गाउँपालिकामध्ये कालीगण्डकीले सबैभन्दा धेरै ६५ दशमलब ९ अंक पाएको छ भने अर्जुनचौपारीले सबैभन्दा कम अंक पाएको छ। 

फेदीखोला गाउँपालिकाको ६४ दशमबल २५, आँधिखोला गाउँपालिकाको ६० दशमलब ७०, हरिनास गाउँपालिकाको ५५ दशमलब ६३, बिरुवा गाउँपालिकाको ५१ दशमलब ९४ र अर्जुनचौपारी गाउँपालिकाको ४८ दशमलब ०६ अंक पाएका छन्।

तोकिएका मापदण्ड अनुरुप समयमै बजेट प्रस्तुतीकरण, राजस्व बाँडफाँट, आन्तरिक राजश्वको लक्ष्य, संकलन, खर्चका अवस्था, बेरुजु, लेखा प्रणाली, आगामी आर्थिक वर्षका बजेट, सफटवेयरको प्रयोग लगायत सम्बन्धित पालिका र निकायबाट प्राप्त तथ्याङ्क समेतको आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अङ्क प्रदान गर्ने जनाएको छ। 

आन्तरिक राजस्वको लक्ष्य र सङ्कलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था गर्भवती संख्या, संस्थागत प्रसूति संख्या, बालबालिकाको भर्ना अवस्था, संख्या लगायत शीर्षकमा सूचकका मुख्य आधार हुन। 

कार्यसम्पादन मूल्याङ्कन लागि १७ वटा सूचक छन्। भीरकोट नगरपालिका जिल्लाकै पहिलो बालमैत्री नगरपालिका पनि हो। नगरबासीका रचनात्मक एवं सकरात्मक साथ र सहयोगले भीरकोट नगरपालिका सर्वोत्कृट बन्न सफल भएको बताउँछन् नगरप्रमुख छायाँराम खनाल।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.